Logo

२०८३, कार्तिक २७गते


images
images

अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी

अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी

images
  • अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी
    images

    काठमाडौं । अमेरिकी आकाशमा एक चिनियाँ जासुसी बेलुन धेरै दिनदेखि देखापरेको छ।

    images
    images
    images

    यसलाई अमेरिकी सेनाले छानबिन गरिएको बिबिसीले जनाएको छ।

    images
    images
    images

    रक्षा मन्त्रालयले बुधबार मोन्टानाको पश्चिमी राज्यमा देखा परेको बेलुनलाई गोली हानेर खसाल्ने विचार गरे पनि भग्नावशेषमा के हुन सक्छ भन्ने चिन्ताले त्यसो नगर्ने निर्णय गरेको जनाइएको छ।

    images
    images

    फिलिपिन्स भ्रमणमा रहेका रक्षामन्त्री लोयड अस्टिनले बुधवार यस विषयमा छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूको बैठक बोलाएका थिए। पेन्टागनले धेरै दिनदेखि बेलुनलाई ट्र्याक गरिरहेको छ। बेलुन अमेरिकाको उत्तरी आकाशमा रहेको जनाइएको छ।

    बेलुन हाल व्यावसायिक हवाई ट्राफिक भन्दा माथिको उचाइमा यात्रा गरिरहेको जनाइएको छ। जमीनमा मानिसहरूलाई सैन्य वा भौतिक खतरा नभएको जनाइएको छ । बेलुनले कुनै सैन्य खतरा समेत नभएको जनाइएको छ ।

    वरिष्ठ रक्षा अधिकारीले यो उचाइमा रहेको जासुसी बेलुन चीनकै भएकोमा आफूहरु विश्वस्त रहेको बताएका छन्। यसबारेमा अमेरिकी सरकारले वासिङ्टनस्थित चिनियाँ दूतावास र चीनस्थित अमेरिकी कूटनीतिक नियोगमार्फत चिनियाँ सरकारसँग कुराकानी गरेको अधिकारीले बताएका छन् ।

     

    तर चीनले कुनै पनि प्रतिक्रिया दिएको छैन।

    यसबारे अमेरिकी सेनाले राष्ट्रपति जो वाइडेनलाई समेत अवगत गराइसेको छ।

    अधिकारीहरूका अनुसार यो बेलुन बुधबार अलास्काको अलेउटियन टापुहरू र क्यानाडा हुँदै मोन्टानाको बिलिङ्स सहरमा देखा परेको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चिनियाँ जासुसी बेलुन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।