Logo

२०८३, कार्तिक २७गते


images
images

पृथ्वीचोकस्थित पुरानो ट्राफिक भवनमा ‘पोखरा घर’ बनाइने

पृथ्वीचोकस्थित पुरानो ट्राफिक भवनमा ‘पोखरा घर’ बनाइने

images
  • सेतोमसी सहकर्मी
  • पृथ्वीचोकस्थित पुरानो ट्राफिक भवनमा ‘पोखरा घर’ बनाइने
    images

    राजेश  पराजुली, पोखरा । पोखराको पृथ्वीचोकस्थित पुरानो ट्राफिक भवनमा पोखरा महानगरले डोजर चलाएको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको उक्त जग्गामा ‘पोखरा घर’ बनाउने योजनाका साथ् महानगरले पहिलेको अस्थायी ट्राफिक कार्यालय (गोलघर) को संरचनामा डोजर लगाएको हो ।

    images
    images
    images

    करिब दुई रोपनी क्षेत्रफल रहेको उक्त स्थानमा महानगरले ‘पोखरा घर’ बनाउनको लागि चालु आर्थिक वर्षमा दुई करोड रुपैयाँ विनियोजन गरेको छ । महानगरले पोखरा घरमा पुस्तकालय, ग्यालरी, इन्फरमेसन सेन्टर आदि स्थापना गर्ने जनाएको छ ।

    images
    images
    images

    बहुतले पोखरा भवनको पहिलो तलामा पोखरा झल्किने गरेर यस क्षेत्रको सम्पूर्ण जानकारी दिने उद्देश्यसहित सूचना केन्द्र बन्ने मेयर धनराज आचार्यले जानकारी दिए । दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा आर्ट ग्यालरी स्थापना हुने मेयर आचार्यको भनाई छ । पोखरा घरको सबै भन्दामाथि घण्टाघर रहनेछ । पोखरा घरले समग्र पोखरालाई चिनाउने मेयर आचार्यको दाबी छ ।

    images
    images

    ‘पर्यटकहरू विश्वका विभिन्न मुलुकमा सहरहरूमा पुग्छन्, त्यहाँ ती सहरको पहिचान झल्काउने खालका संरचनाको अघि पुगेर फोटो खिच्छन् । जसले त्यस सहरको पहिचान दिइरहेको हुन्छ । हामीले ‘पोखरा घर’ लाई त्यस्तै प्रकारले पोखराको चिनारी झल्काउने केन्द्र र सूचना तथा जानकारी दिलाउने थलोको रूपमा निर्माण गर्न लागेका हौँ’ मेयर आचार्यले भने ।

    अहिले पोखरा घरका लागि डीपीआर निर्माणको काम अघि बढेको र अबको दुई वर्ष भित्रमा महानगरको योजनाअनुसारको ‘पोखरा घर’ तयार हुने मेयर आचार्यले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।