Logo

२०८३, कार्तिक २६गते


images
images

पोखराको डल्फिन सहकारीका व्यवस्थापक लेखुराम खाती मृत अवस्थामा भेटिए

पोखराको डल्फिन सहकारीका व्यवस्थापक लेखुराम खाती मृत अवस्थामा भेटिए

images
  • पोखराको डल्फिन सहकारीका व्यवस्थापक लेखुराम खाती मृत अवस्थामा भेटिए
    images

    राजेश पराजुली, पोखरा | पोखरा महानगरपालिका वडा नं. ९ शिवटोलमा डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक लेखुराम खाती मृत अवस्थामा भेटिएका छन् ।

    images
    images
    images

    खाती आइतबार साँझ करिब ७ बजेतिर आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएको कास्की प्रहरीले जनाएको छ । उनले केही वर्षदेखि पानी उद्योगसमेत सञ्चालन गर्दै आएका थिए ।

    images
    images
    images

    श्रोतका अनुसार चर्को ऋणको दवाव थेग्न नसकेर उनले आत्महत्याको बाटो रोजेका हुन् । उनी व्यवस्थापक रहेको डल्फिन सहकारीको आर्थिक अवस्था निकै नाजुक बन्दै गएपछि सञ्चालक समिति र बचतकर्ताले रकम जुटाउन चर्को दवाव दिएपछि यस्तो घटना घट्न पुगेको श्रोत बताउँछ ।

    images
    images

    खाती मृत भेटिएपछि उनकी श्रीमती सिर्जना अचेत भएपछि गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    खातीको साथमा ऋणको सूचीसहितको सुसाइड नोटसमेत भेटिएकाले थप अनुसन्धान शुरु गरिएको कास्की प्रहरीले जनाएको छ ।
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।