राजेश पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ काहुँखोलामा आइतबार आत्मदाह प्रयास घटनामा गम्भीर घाइते भएकी ४० वर्षीया संगीता सापकोटाको मृत्यु भएको छ ।
आगोले जलेर गम्भीर घाइते उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
सापकोटालाई भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा आज बिहान ११ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।
सापकोटाकै घरमा स्टेशनरी व्यवसाय सञ्चालन गर्दै आएका ४३ वर्षीय कृष्णबहादुर क्षेत्रीले आइतबार बाथरूममा आत्मदाहको प्रयास गरेका थिए । क्षेत्रीलाई बचाउनेक्रममा सापकोटा गम्भीर घाइते भएकी थिइन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology