Logo

२०८३, आश्विन ९गते


images
images

कविता: सहिद

कविता: सहिद

images
  • सेतोमसी सहकर्मी
  • कविता: सहिद
    images
    images

    दुश्मनसामु
    कहिल्यै झुकेन तिम्रो शिर                     
    कुनै बाधा अबरोधले 
    रोक्न सकेन तिम्रो यात्रा,
    रक्तछर्राले 
    तिम्रो देह छियाछिया हुँदा पनि
    अहँ ! डगमगाएन तिम्रो देशभक्ति,
    अन्तिम श्वास चल्दासम्म 
    लडिरह्यौ निडरताका साथ 
    परिवर्तनको बिगुल फुक्दै
    तिम्रा पाइला अघि बढिरहे
    तिम्रै रगतले
    देशको माटो भिज्यो 
    खेतका गरा भरिए ।
    भरिँदै थियो परिवर्तनको बगान  पनि
    जब मोड आयो परिवर्तनको
    ठीक त्यति नै बेला
    तिमी सहिद  बन्यौ ।

    images
    images
    images

    हो,
    तिमी अमर भयौ
    तर  बिडम्बना 
    देशका लागि, माटोका लागि
    तिमीले गरेको त्याग र बलिदानले पनि
    फेरिएको छैन, देश
    पूरा भएन तिमीले देखेका सपना 
    बन्न सकेन तिमीले देखाएको बाटो सुन्दर,
    उस्तै छ देशको अवस्था
    उसैगरी छ तिम्रो सालिकमा माला ,
    सहिदको बलिदानको नाममा
    एक मिनेटको मौनधारण  गर्दै
    गरिने देखावटीले
    उस्तै दलाली खेतीले
    तिम्रा  सपनाका गराहरूमा
    सिँचाइ  गर्ने उत्कट चाहाना भने मरेको छैन 
    मेरो शहिद ।।

    images
    images
    images


    सुनिता प्रतिबिम्ब  
    बुटवल

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।