Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

जेठ २६  गते बुधबार, भगवान श्री कृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

जेठ २६  गते बुधबार, भगवान श्री कृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • जेठ २६  गते बुधबार, भगवान श्री कृष्णको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ २६ गते बुधबार । तदनुसार ९ जुन २०२१ । भगवान श्री कृष्णको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

    images
    images
    images

    आजको पञ्चाङ्ग

    images
    images
    images

    वि.सं. जेठ २६, २०७८ । ई.सं. 09 Jun, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलागा । उत्तरायण । ग्रीष्म । बुधवार । ज्येष्ठ कृष्णपक्ष । तिथि - चतुर्दशी , १३:४१ बजे उप्रान्त औंसी । नक्षत्र - कृत्तिका , ९:०६ बजे उप्रान्त रोहिणी । योग - सुकर्मा , ७:३८ बजे उप्रान्त धृति । करण - शकुनि १३:४१ बजेदेखि चतुष्पद , २६:४१ बजे उप्रान्त वव । चन्द्रराशि - वृष । आनन्दादि योग - सिद्धि । दिनमान ३४ घडी २९ पला । सूर्योदय ५:०९ । सूर्यास्त १८:५७ ।

    images
    images
    images

    आजको राशिफल:

    मेष  (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    मानसिक तथा शारिरीक समस्या आउनेछ । कुभोजनका कारणले स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ । आँखामा समस्या आउन सक्नेछ । अनावश्य करुपमा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।

    बृष (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मिल्नेछ । पढाइमा राम्रो सफलता मिल्नेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्त हुने योग रहेको छ ।

    मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुरा काट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन ।

    कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    आर्थिक उन्नति प्रगति हुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभ हुने दिन रहेको छ । 

    सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुनेछ ।

    कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    उत्तम वस्त्र प्राप्त हुनेछ । परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । सरकारी काममा सफलता मिल्नेछ । यात्रा सफल हुनेछ । व्यापार व्यवसायमा राम्रो फाइदा हुने दिन रहेको छ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ ।

    तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यक रुपमा वादविवाद तथा झगडा हुन सक्नेछ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जानेछ । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।

    वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    धन लाभ हुने दिन छ । यात्रा तथा सवारी साधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ । 

    धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्गसंगको कुराकानिले मन साह्रै प्रसन्न हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।

    मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहनेछ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुनेछ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।

    कुम्भ (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    आँटेको काम पुरा हुनेछैन् । परिवारका सदस्यहरुसंग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउनेछ । पानी बाट हानीहुने दिन रहेको छ । चोट पटकको संभावना रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ ।

    मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    धन आर्जन गर्ने अवसर मिल्नेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । प्रेममा सफलता मिल्ने छ । रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय र अध्ययनको मार्ग शुभ रहेका छन् ।

    ज्योतिष तथा वास्तु परामर्शको लागि :- कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्र 
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ 
    (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।