Logo

२०८३, आश्विन १०गते


images
images

शहिद दिवस: भ्रष्ट्रचाररहितको राज्य निर्माण गर्ने लुम्बिनीका प्रदेश प्रमुख र मुख्यमन्त्री प्रतिवद्धता

शहिद दिवस: भ्रष्ट्रचाररहितको राज्य निर्माण गर्ने लुम्बिनीका प्रदेश प्रमुख र मुख्यमन्त्री प्रतिवद्धता

images
  • शहिद दिवस:  भ्रष्ट्रचाररहितको राज्य निर्माण गर्ने लुम्बिनीका  प्रदेश प्रमुख र मुख्यमन्त्री प्रतिवद्धता
    images
    images

    बुटवल  ।  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीले शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन । शहिद दिवसको दिन सोमबार बिहानै श्रद्धाञ्जली सन्देश  जारि गर्दै प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री लिला गिरीले शहीदहरुप्रति उच्च सम्मान प्रकट गर्दै शहीद दिवसले सबै नेपालीमा समावेशी, सुशासन तथा भ्रष्ट्रचाररहितको राज्य व्यवस्था निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

    images
    images
    images

    श्रद्धाञ्जली सन्देशमा प्रमुख शेरचनले लेखेका छन्, "शहिदको बलिदानले  हौसला र उत्प्रेरणा जगाउन सफल होस भन्ने आशा र विश्वासका साथ शहीदहरुप्रति उच्च सम्मान व्यक्त गर्दछ। "

    images
    images
    images

    त्यसैगरी मुख्यमन्त्री लिला गिरीले पनि देश र जनताको हितका निम्ति प्राप्त गरेका उपलब्धिहरु शहीदहरुको बलिदानबाट मात्र सम्भव भएको तथ्यलाई स्मरण गर्दै शहीदहरुको जीवन उत्सर्गले आलोकित मार्गमा हिड्नका लागि प्रेरित हुने र शहिदका  सपना साकार पार्न प्रण गरेका छन्। 

    images
    images
    images

    राणा शासनको अन्त्यका लागि आन्दोलन गरेको आरोपमा तत्कालिन प्रजापरिषदका सदस्यहरूलाई राणा शाषकले मृत्युदण्ड दिएको सम्झनामा शहीदहरू शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्दको सम्मान र सम्झनामा आज माघ १६ गते शहिद दिवस मनाउने गरिन्छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।