Logo

२०८३, आश्विन ९गते


images
images

टाइगर कप भलिबलः पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन

टाइगर कप भलिबलः पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन

images
  • टाइगर कप भलिबलः पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफ च्याम्पियन
    images
    images

    पोखरा । पोखरामा जारी तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुष तर्फ गण्डकी प्रदेश च्याम्पियन भएको छ ।  

    images
    images
    images

    पोखरा रंगशाला भएको फाइनल खेलमा एपिएफ क्लबलाई पराजित गर्दै गण्डकी च्याम्पियन भएको हो । 

    images
    images
    images

    पहिलो सेट १६–२५ ले गुमाएको गण्डकीले उत्कृष्ट पूनरागमन गर्दै विजयी भएको हो । दोस्रो सेट २५–१८, २५–१९ले गण्डकी जितेको थियो भने चौथो सेट भने एपिएफले २२–२२ बराबरी पछि उत्कृष्ट खेल प्रद्धर्शन गर्दा २६–२८ले सेट गुमाउँदा खेल पाचौं सेटमा धकेलिएको थियो । 

    images
    images
    images

    निर्णायक तथा पाचौ सेटमा भने  गण्डकीले १५–८ ले एपिएफलाई  पराजित गर्दै तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको च्याम्पियन भएको हो । पहिलो संस्करणमा गण्डकी प्रदेशले आर्मीलाई पराजित गर्दै च्याम्पियन भएको थियो । 

    महिलातर्फ भने त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले लगातार दोस्रो पटक च्याम्पियन बनेको छ । 

    एपिएफले पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थिए । दुवै टोलीको २०/२० अङ्कको अवस्थामा लगातार ५ अङ्क जोड्दै पहिलो सेट एपिएफले आफ्नो पक्षमा पारेको थियो । 

    दोस्रो सेट भने एपिएफले २२–२५ ले गुमाएको थियो । तेस्रो सेटमा उत्कृष्ट पूनरागमन गर्दै एपिएफले २५–८ को सहज सेट जित्दा चौथो सेट २५ –२२ ले जित्दै च्याम्पियन बनेको हो । 

    महिला तर्फ च्याम्पियन भएको एपिएफले ५लाख, दोस्रो भएको आर्मीले २ लाख ५० हजार, तेस्रो भएको होङ्गवान्जी  न्यू डायमण्ड स्पोर्टस क्लबले १ लाख २५ हजार र सान्त्वना भएको गण्डकी प्रदेशले ६५ हजार पुरस्कार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । पुरुष तर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३– १ को सेटमा पराजित गर्दै पुलिस तेस्रो हुन सफल भएको हो । पुरुष तर्फ तेस्रो भएको नेपाल पुलिस क्लबले १ लाख २५ हजार सान्त्वना भएको त्रिभुवन आर्मी क्लबले ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । 

    महिला/पुरुष दुवैतर्फ उपाधि विजेता टिमलाई रु ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टाइगर कप भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।