Logo

२०८३, आश्विन १०गते


images
images

देवदह हाफ म्यारथनको उपाधि तिर्थ पुन र राममाया बुढालाई

देवदह हाफ म्यारथनको उपाधि तिर्थ पुन र राममाया बुढालाई

images
  • देवदह हाफ म्यारथनको उपाधि तिर्थ पुन र राममाया बुढालाई
    images
    images

    देवदह । रुपन्देही जिल्लाको देवदहमा देवदह हाफ म्याराथन २०७९ सम्पन्न भएको छ। लियो क्लब अफ लर्ड बुद्धको आयोजना र देवदह नगरपालिका र प्रदेश खेलकुद परिषदको सहयोगमा उक्त हाफ म्याराथन सम्पन्न भएको हो। सो हाफ म्याराथनमाको दुरी ५४ मिनट ३० सेकेन्डमा पूरा गर्दै काठमाडौंका तिर्थ पुन पहिलो भएका हुन्। प्रतियोगितामा ३ सय ६७ जनाले सहभागीता जनाएका थिए।

    images
    images
    images

    ५५ मिनटमा दुरि पूरा गरेका बैतडीका मोहन देव जोशी दोश्रो स्थान हासिल गरे भने ५६ मिनट २९ सेकेन्डमा पूरा गर्दै लमजुङका राम्झी बस्नेत तेश्रो भएका हुन्।

    images
    images
    images

    त्यसैगरी हाफ म्याराथन महिलातर्फ प्रथम भएकी नेपाल पुलिस क्लबकी राममाया बुढाले १ घन्टा १६ मिनट २० सेकेन्डमा दुरि पूरा गरेकी हुन्। १ घन्टा १६ मिनट ३५ सेकेन्डमा पूरा गर्दै दोलखाकी अञ्जु खड्का दोश्रो र बुटवल मोतिपुरकी रेखा थापा श्रीले १ घन्टा ३२ मिनट ५० सेकेन्डमा दुरि पूरा गरी तेश्रो भइन्।

    images
    images
    images

    कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य माननीय छबिलाल विश्वकर्माले खेल जीवनको अमुल्य अङ्ग रहेको बताए। खेलकुदले सकारात्मक सन्देश प्रवाह गर्ने हुदा खेलकुद क्षेत्रलाई अगाडी बढाउनु पर्ने कुरामा जोड दिए।

    देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलले देवदहलाई प्रयटकियको हव रुपमा विकास गर्ने बताए। उनले देवदह नगरपालिका देवदहलाइ विश्व सामु चिनाउने उद्देश्य साथ हिडेको बताए।

    कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद सदस्य जय प्रकाश भट्टराईले म्याराथन सिटि एक्सपोजर हो र यसले देवदहको पर्यटकीय स्थलको अवलकन भएको बताए । साथै प्रदेश परिषदले लुम्बिनी म्याराथन गर्ने तयारी गरेको हुदा लियो क्लब अफ लर्ड बुद्धलाई सो म्याराथन सफल बनाउन पनि आवश्यक सहयोगको अपेक्षा गरेको बताए।

    म्याराथनमा बिजेताहरुले प्रथम ,दोश्रो र तेश्रो हुने महिला तथा पुरुष तर्फ दुबैले नगद रु २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र ,१५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र र १० हजार सहित टर्फी, मेडल र प्रमाणपत् क्रमशः पाएका थिए।

    खैरेनी बुद्ध पार्कबाट सुरु भएको उक्त म्याराथन खैरेनी बुद्ध चोक बाट सुरु भै पिपलडाडा, पाकडी, शान्तिनगर चोक, शित्तलनगर चोक, मायादेवी पार्क, टटेर, भवानिपुर (बुद्धको मावली घर), विजयपुर, नगरपालिकाको भवन हुँदै, लोकेश्वर मन्दिर र पुन: बुद्ध चोक आएर टुङ्गिएको थियो।
     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह हाफ म्यारथन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।