Logo

२०८३, आश्विन ९गते


images
images

जिल्ला सहकारी संघ  रुपन्देहीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

जिल्ला सहकारी संघ  रुपन्देहीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न

images
  • जिल्ला सहकारी संघ  रुपन्देहीको सपथ तथा पदस्थापन कार्यक्रम सम्पन्न
    images
    images

    बुटवल । जिल्ला सहकारी संघ  रुपन्देहीको सपथ तथा पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशसभा सदस्य  भोज प्रसाद श्रेष्ठले सहकारीले नविनत्तम काम गर्नु पर्ने र पारदर्शी अनि निस्वार्थ काम गर्दै सहकारी क्षेत्रलाई अगाडी बढाउनुपर्ने बताएका छन् । 

    images
    images
    images

    सहकारी संघ संस्था स्वतन्त्र हुनु पर्ने र यसको लागि राजनीतिक दलहरू सुध्रिनु पर्ने बताएका छन् । राष्ट्रिय सहकारी विकास बोर्ड तथा नेफ्स्कुन संचालक सन्दीप सापकोटाले पछिल्लो समय उर्जाशिल युवाहरू सहकारी अभियानमा जोडिएकोमा अत्यन्त खुशी लागेको बताए । सो पदस्थापन कार्यक्रममा बोल्दै स्थिरिकरण कोषका संचालक ज्ञानु पौड्याल  प्रदेश सहकारी संघ लि का संचालक प्रकाश भट्टराई रुपन्देही बचत संघ तथा ॠण सहकारी संघ लि का अध्यक्ष बसन्त प्रसाद ढकाल , महेश्वर प्रसाद श्रेष्ठ र कृष्ण चौहान क्षेत्री लगायतले कृषि मार्फत देशको समृद्धिमा युवाहरुले योगदान गर्नुपर्ने तथा सहकारीहरुले त्यसमा समन्वय गर्नुपर्ने बताएका थिए ।

    images
    images
    images

    कार्यक्रममा निर्वाचन उपसमिति संयोजक कृष्ण प्रसाद नेपालले नयाँ समितिलाई  सपथ तथा पदस्थापन गराएका हुन् ।जिल्ला सहकारी संघ रुपन्देहीको ३८ औं वार्षिक साधारणसभाबाट नव निर्वाचित अध्यक्षमा भीम प्रसाद तुलाचन सञ्चालक समिति अध्यक्षमा निर्वाचित भएका छन् ।यस्तै वरिष्ठ उपाध्यक्षमा डोलप्रसाद अर्याल, महिला उपाध्यक्षमा टीका न्यौपाने, महासचिवमा दामोदर पंगेनी,सचिवमा बेल प्रसाद शर्मा, कोषाध्यक्षमा शुभकान्त न्यौपाने निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा गंगाराम सापकोटा,प्रमोद खनाल, देवानन्द पाण्डे,महेन्द्र प्रसाद भुसाल,मोतिलाल ढकाल,नमकला बेलबासे,हुमाकान्ति भुर्तेल,मीना कुमारी कार्की,रेशम सिंह ठकुरी तथा लेखा सुपरीवेक्षण समिति संयोजकमा जगन्नाथ गौतम र सदस्यहरुम सीता न्यौपाने र लोकहरी पाण्डे निर्वाचित भएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।