Logo

२०८३, श्रावण २७गते


images
images

चालीस रोपनी जग्गामा अनार खेती

चालीस रोपनी जग्गामा अनार खेती

images
  • चालीस रोपनी जग्गामा अनार खेती
    images
    images

    काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपाका दुई किसान ४० रोपनी जमिनमा अनार खेती गरेर आत्मनिर्भर बनेका छन् ।

    images
    images
    images

    कृषक राजेन्द्र आचार्य र ऋषिराम भट्टराईले १० वर्षअघि भारतबाट बिरुवा झिकाई आफ्नै रु १५ लाखको लगानीमा अनार खेती सुरु गरेका हुन् ।

    images
    images
    images

    अरबत्ता, मृदुला, सिन्दुरे र गणेश प्रजातिका अनारको खेतीबाट प्रतिरोपनी रु एक लाखका दरले रु ४० लाख आम्दानी हुने अनुमान कृषक आचार्यले गरेका छन् । अघिल्लो वर्ष रु १० लाखको अनार उत्पादन भएकामा यस वर्ष रु १५ लाखको उत्पादन हुने आचार्यले बताए ।

    images
    images
    images

    उक्त अनार खेतीलाई नेपाल सरकारले बिरुवाको स्रोत केन्द्रका रूपमा मान्यता दिएको दाबी गर्दै गुणस्तरीय प्रजातिको बिरुवा नेपालभर बिक्री वितरण गर्न सक्षम भएको कृषक आचार्यको भनाइ छ ।

    नेपालमा अनारका लागि भारतको भर पर्नुपर्ने अवस्था रहेको र त्यसको खेती नेपालमै हुनसके ठूलो धनराशि विदेश जानबाट रोकिनुका साथै किसानले पनि राम्रो फाइदा लिन सक्ने अपेक्षा कृषक भट्टराईको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।