Logo

२०८३, कार्तिक २७गते


images
images

माओवादी संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा

माओवादी संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा

images
  • सेतोमसी सहकर्मी
  • माओवादी संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा
    images

    राजेश  पराजुली, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा सुशीला सिम्खडा चयन भएकी छिन् ।

    images
    images
    images

    सो दलको बैठकले गोरखाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभामा निर्वाचित सिम्खडालाई प्रमुख सचेतक चयन गरेको हो । सचेतक सिम्खडाले विसं २०४६ मा विद्यार्थी सङ्गठनमा आबद्ध भएर राजनीति सुरु गरेकी थिइन् । माओवादी जनयुद्धमा उनी लामो समय भूमिगत भए ।

    images
    images
    images

    उनी हाल पार्टीको केन्द्रीय सदस्यसमेत छन् । सिम्खडा गोरखाको भीमसेन थापा गाउँपालिका–४ स्थायी निवासी हुन् । प्रमुख सचेतक सिम्खडाले दलका तर्फबाट गर्नुपर्ने कामसहित संसद्लाई प्रभावकारी बनाउनेतर्फ लाग्ने बताइन् ।

    images
    images

    साठी सदस्सीय गण्डकी प्रदेशसभामा माओवादीका आठ सांसद छन् । गोरखा–१९१०बाट प्रत्यक्ष निर्वाचित कृष्णप्रसाद धिताल प्रदेशसभाको सभामुख निर्वाचित भएका छन् । यसैगरी प्रदेश सरकारमा माओवादीबाट दुई मन्त्री नियुक्त भएका छन् । संसदीय दलका नेतासमेत रहेका तनहुँबाट प्रत्यक्ष निर्वाचित हरिबहादुर चुमानले भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी लिएका छन् ।

    यसैगरी म्याग्दीका रेशमबहादुर जुग्जालीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी लिएका छन् । माओवादीले अब दलको उपनेता चयन गर्न बाँकी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुशीला सिम्खडा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।