Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा महानगरका मेयर र विद्यार्थीबीच अन्तर संवाद

पोखरा महानगरका मेयर र विद्यार्थीबीच अन्तर संवाद

images
  • सेतोमसी सहकर्मी
  • पोखरा महानगरका मेयर र विद्यार्थीबीच अन्तर संवाद
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र गण्डकी बहु प्राविधिक शिक्षालय पोखराको आयोजनामा मेयरसँग विद्यार्थी अन्तर संवाद कार्यक्रम गरिएको छ । प्राविधिक शिक्षाको अवस्था, आवश्यकता र अवसर लगायतमा केन्द्रित अन्तर संवादमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य सहित प्राविधिक शिक्षा सेवा प्रदायक संस्था=संस्थान र अध्ययन गरिरहेका विद्यार्थीहरूले प्रत्यक्ष सहभागिता जनाएका छन् । 

    images
    images
    images

    कार्यक्रममा विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययनका सम्बन्धमा भोगेका समस्या, चुनौती र भविष्यमा हुनसक्ने अवसरका विषयमा जिज्ञासा राखेका छन् । जवाफमा प्रमुख आचार्यले प्राविधिक जनशक्तिलाई अवसरको अभाव नहुने भन्दै स्थानीय सरकारको हैसियतले दक्षताका आधारमा ती जनशक्तिहरूको व्यवस्थापन गर्दै जाने बताउनुभयो । प्राविधिक शिक्षा हासिल गरेका कुनैपनि विद्यार्थीहरू बेरोजगार हुन नपर्ने बताउँदै उहाँले व्यवसाय गर्न चाहनेहरूका लागि स्टार्ट अप अनुदान उपलब्ध गराउने लगायतका कार्यक्रमहरू महानगरपालिकाले गरिरहेको जनाउनु         
        

    images
    images
    images

    ‘प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने कुरा नकार्न सकिने अवस्था छैन, त्यस कारण पोखरामा हामीलाई कति जनशक्ति चाहिने हो भनेर अहिले सर्वे गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, महानगरले बेरोजगारहरूको डाटा संकलनका लागि आह्वान गरिरहेको छ, केही वडाहरूमा विभिन्न प्राविधिक पोस्टका लागि आवेदन माग गरेको छ, तर निवेदनहरू एकदमै कम परिरहेको छ ।’ प्राविधिक शिक्षाको महत्त्व बुझाउन आवश्यक रहेको बताउँदै उहाँले ज्ञान एका तिर काम अर्को तिर हुने अवस्थाको अन्त्य जरुरी रहेको समेत बताउनुभयो । यसका लागि राइट मेन राइट प्लेसको अवधारणामा काम गर्ने तयारी महानगर रहेको प्रमुख आचार्यले ेउल्लेख गरे  । 

    images
    images
    images

    प्राविधिक शिक्षा तथा व्यासायीक तालिम परिषद् (सिटिइभिटि) गण्डकी प्रदेशका निर्देशक प्रमोद भक्त आचार्यले प्राविधिक शिक्षाको महत्त्व सिकाइसँगै आर्जन र भविष्यका लागि थप परिष्कृत ज्ञानको हासिल भएको उल्लेख गरे । ‘हाम्रो प्राविधिक शिक्षाको महत्त्व के हो भने, काम गर्दै अलिकति आयआर्जन गर्दै आफ्नो करिअरलाई अगाडी बढाउँदै लैजाने हो, निर्देशक आचार्यले  आफ्नो ज्ञानको स्तरलाई बढाउँदै लैजानुहोस्, प्राविधिक शिक्षा समयको वेगसँगै यसको महत्व बढिरहेको छ ।’

    गण्डकी बहु प्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सीनाले प्राविधिक शिक्षाको सम्बन्धमा केन्द्रीय शिक्षा नीति मै सुधारको आवश्यकता रहेको राष्ट्रिय शिक्षा प्रारूपमा यसको ढाँचा स्वीकृत भैसकेको जनाउँदै गरे अबको केही वर्षमा प्राविधिक शिक्षामा नीतिगत एकरूपता आउने  प्राविधिक शिक्षा अध्यापन गराइरहेका विद्यालयका प्राध्यानाध्यापकहरुले प्राविधिक शिक्षाको सुधारमा सरकारले अझ बढी समन्वय गर्न आवश्यक रहेको बताए । 

    कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राविधिक शिक्षा अध्ययन गरेको भए पनि विभिन्न वाहानामा आफूहरू विभेदपूर्ण व्यवहार भइरहेको गुनासो गरे । कयौँ समयसम्म इन्टर्नसिपका नाममा पारिश्रमिक नदिई काममा लगाउने, दिए पनि असाध्यै कम पारिश्रमिक बापत दिने, आफूहरूको क्षमता अनुसारको काम नपाउने लगायतका समस्याहरू आफूहरूले झेल्नु परेको सुनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पोखरा महानगरपालिका
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।