काठमाडौं । आत्मदाह गर्नुअघि प्रेमप्रसाद आर्चायले लेखेको फेसबुक स्टाटसमा नाम उल्लेख गरेका व्यक्तिविरुद्ध किटानी जोहरी दर्ता भएको छ । अधिवक्ता स्वागत नेपालले जिल्ला प्रहरी परिसर काठमाडौंमा किटानी जाहेरी दर्ता गरेका हुन ।
विभिन्न व्यापारिक घरानालगायतकाे नाम आचार्यले फेसबुकमा लेखेका थिए । आर्चायले विभिन्न व्यवसायीका कारण आफू आत्मदाह गर्न बाध्य भएको लामो स्टाट्स लेखेका थिए । आचार्यले मंगलबार काठमाडाैंकाे नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आफैँमाथि आगाे लगाएका थिए ।
उनकाे उपचारका क्रममा बुधबार कीर्तिपुर अस्पतालमा मृत्यु भएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology