Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छः  मेयर आचार्य 

पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छः  मेयर आचार्य 

images
  • पोखरा म्याराथन सफल बनाउन महानगरले अपनत्व लिन्छः  मेयर आचार्य 
    images
    images

    पोखरा । पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यले पोखरा म्याराथन सफल बनाउन पोखरा महानगरले अपनत्व लिने बताएका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले आयोजना गर्ने १७ औं संस्करणको पोखरा म्याराथन सफल बनाउने सन्दर्भमा आयोजित अन्तक्रिया कार्यक्रममा मेयर आचार्यले उक्त कुरा बताएका हुन् । उनले भने–“पोखरा म्याराथन पोखरा महानगरको आफ्नै कार्यक्रम हो । यसलाई सफल बनाउन पोखरा महानगरले सहकार्य संगै आवश्यक कार्यहरु पुरा गर्नेछ ।”

    images
    images
    images

    पोखरा म्याराथनले १६ औं सस्करण पुरा गरिसकेकोले पनि यसको आफ्नै गरिमा रहेको बताउँदै मेयर आचार्यले धेरै भन्दा धेरै पोखरेलीहरुलाई सहभागि गराउन सबै वडाहरुले तदारुकताका साथ अधि बढाउन पनि आफूले निर्देशन दिने बताउँदै पोखरा म्याराथनका रुटहरुको समेत मर्मत गराउनेतर्फ आफ्नो पहल हुने बताए । महानगर संग भगिनी सम्वन्ध रहेका मुलुकका खेलाडीहरुलाई निमन्त्रणा गर्ने संगै नेपालका अन्य शहरहरुका मेयरहरुलाई समेत निमन्त्रणा गर्ने गरी पोखरा महानगरले पत्राचार गर्ने मेयर आचार्यले बताए । 

    images
    images
    images

    सो अवसरमा आफ्ना भनाई राख्दै मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरामा खेल संस्कृतीको विकास एवं प्रवद्र्धन गर्न पोखरा म्याराथनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै पोखरा महानगरले अपनत्व ग्रहण गरेमा यसले थप उचाई प्राप्त गर्ने बताए । हालै मात्र पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाए संगै पोखरा म्याराथनको चर्चा अन्तर्राष्ट्रियस्तरमा मात्रै नभई अन्तर्राष्ट्रिय धावकहरुको समेत ध्यनाकर्षण हुन थालेको उनले उल्लेख गरे । 
    मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर पालिकाका उपमेयर मञ्जु देवी गुरुङ, विभिन्न वडाका वडा अध्यक्षहरु, मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट, सल्लाहकारहरु महोश गुरुङ, अग्रज पत्रकार नारायण कार्की लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो। 

    images
    images
    images

    १७ औं सफल पोखरा म्याराथन आगामी फागुन ६ गते शनिबार हुँदैछ । पोखरा रंगशालाबाट सुरु हुने पोखरा म्याराथनले पोखरा महानगरका १ देखि १७ नं वडाहरुको रुटमा आयोजना हुने गर्दछ । पोखरा म्याराथन अन्तर्गत ४२.१९५ किमि, २१ किमि, १० किमि, ५ किमि, ह्विल चियर र दृष्टिविहिन दौड हुनेछन् । पोखरा म्याराथन खुलातर्फ यस वर्ष ५ लाख नगद पहिलो पुरस्कार रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।