काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोनाको तेस्रो र चौथो लहर आउने भन्दै चेतावनी दिएको छ ।बालबालिका बढी संक्रमित हुने चेतावनी समेत सरकारले दिएको छ ।
सरकारले शुक्रबार एक सूचना प्रकाशित गरेर आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत शैया कोरोना सङ्क्रमित बालबालिकाका लागि छुट्याउन समेत अस्पतालहरूलाई भनेको छ ।
देशका सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पतालहरूलाई पत्र पठाएर मन्त्रालयले २० प्रतिशत शैया कोरोना सङ्क्रमित बालबालिकाको उपचारका लागि प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्न भनेको निर्देशन दिएको हो ।
पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवा व्यक्तिहरू बढी सङ्क्रमित भएको र तेस्रो वा त्यसपछि आउने लहरहरूमा बालबालिका बढी प्रभावित हुन सक्ने सम्भावना रहेको चेतावनी मन्त्रालयको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology