गुल्मी । गुलमिकी मेनुका खाण लुम्बिनी प्रदेशमा उपसभामुखमा निर्विरोध निर्वाचित भएकि छन् । उपसभामुखका लागि उम्मेदवारी दिएका दुईजनाले उम्मेदवारी फिर्ता लिएपछि मेनुका खाण निर्विरोध निर्वाचित भएकी छन्।
उपसभामुखका लागि नेपाली कांग्रेसका विश्व प्रेम पाठक र नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारूले मनोनयन दर्ता गरेका थिए।
दुवैजनाले उम्मेदवारी फिर्ता लिएपछि खाण निर्विरोध भएकी हुन्।
बैठकको अध्यक्षता गरेका डिल्लिराज भुसालले सभामुखमा तुलाराम घर्ती र उपसभामुखमा मेनुका खाण निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्।खाण राप्रपा सांसद हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology