Logo

२०८३, कार्तिक २७गते


images
images

रुरुधाम मेला कान्छी सक्रान्ति मेलाकाे क्रेज उत्तिकै  

रुरुधाम मेला कान्छी सक्रान्ति मेलाकाे क्रेज उत्तिकै  

images
  • सेतोमसी सहकर्मी
  • रुरुधाम मेला कान्छी सक्रान्ति मेलाकाे क्रेज उत्तिकै  
    images

    कृष्ण अन्जान,रुरुधाम रिडी । माघे संक्रान्तिकाे तेस्राे दिन कान्छि सक्रान्ति याे दिन पनि पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा माघे संक्रान्ति मेलामा पनि बिहानैदेखि भक्तजन कालीगण्डकीमा स्नान गर्न आएकाआउनेहरुकाे भिडभाड  छ । बिहानैदेखि रिडीमा स्नान गर्न तथा मेला भर्न र स्नान गर्न याे क्षेत्रका मठमन्दिर हरुकाे दर्शन गर्न मुख्य रुपमा नजिकका गाउँहरुबाट झरेकाे पाईएकाे छ ।रिडी आउने यात्रि हरुले बगरक्षेत्रमा भिडभाड छ भने हाेटल रेष्टुरेन्ट हरुमा नास्ता खाना खानेहरुकाे कमि छैन ।माघकाे जाडाे भएपनि रिडी झर्नेहरुले चुकौनि खाेज्दै हाेटल रेष्टुरेन्ट हरुमा पुग्ने गरेका छन भने ,चाउमिन मम य नबिक्मे कुरै भएन । दैनिक दुईहजार भन्दा बढि पिस जुल्पी बिकेकाे रुरु मिष्टान्न भण्डारका सन्चालक खेमराज ज्ञवालीले भन्छन ।बिचित्रै छ पुर्याउन सकिएकाे छैन अन्य खाजा खान आउनेकाे पनि भिडभाड छ उनले भने ।बगरतिरका रेष्टुरेन्ट हरुमा पनि पकौडा ,चाउमिन ,मम,लगाएत अन्य परिकार सँगै पहिला पटक मटका बिरयानीकाे स्वाद पनि केही रेष्टुरेन्ट हरुले पस्किएका छन भने माघेसक्रान्तिकाे पहिलो दिन त रिडीका हाेटल हरुले रिडी मेला भर्न आउनेलाई खान्कि पुर्याउनै गाह्राे भएकाे हाेटल क्राउन हाेटलका सन्चालक नारायण ज्ञवालीले भने ।रिडीबजारका हाेटल हरुमा यसरी यात्रिहरु थामि नसक्नु भएकाे पहिलाे पटक अनुभुति गरिएकाे छ ।उता मेला भर्न आउने र व्यापार गर्न आउने व्यापारीका माेलमाेलाई पनि जारी छ पहिलो दिन भन्दा तेस्रो दिन सामानको मुल्यपनि घट्न थालेकाे छ ,र किनमेल गर्न नजिकका गाउँ थाेर्गा ,ग्वादी ,अर्गली ,कालिपार लगाएतबाट स्थानीय बासिन्दा हरुकाे ठुलै लर्काे रिडी बजार तिर झरेकाे छ ।सुन्यला ,बदाम ,घाँजि रासका रास बिकेका छन भने डाेका डाला सुपा कम्मल पनि किनबेच जारी छ ।जुम्रा झार्ने बाँसकाे काईयाेँ किन्न पराे दिगामकि मनकला पन्त पसल काइँयाे पसल तिर तानिईन । परम्परागत र आधुनिक सामाग्री हरुकाे सँयाेजन सहित रुरुधाममा लागेकाे मेलामा व्यापार व्यावसाय भएकाे पाईन्छ ।मधेस ,पहाड र उच्च हिमाली भेगका उत्पादन हरुकाे बिक्री बितरणले मेलाकाे सान्दर्भिकता झल्किने गरेकाे छ ।मेलामा कलाकार हरुकाे दाेहाेरी ,हास्यँव्यँगले मेलाका दर्शकहरुलाई तताएकाे छ नै बालबालिका पनि बालउधममा रमाईरहेकाे मेला आयाेजक सँस्था रुरुफ्रेण्डस क्लबका सचिव प्रेम भण्डारीले बताए ।

    images
    images
    images

    विश्वकै धार्मिक, पौराणिक एतिहासिक तथा पर्यटकीय पवित्र तीर्थस्थल नेपालकै चार धाममध्ये एक धाम रुरु क्षेत्रमा हरेक वर्ष माघे संक्रान्तिकाे तीन दिन लाग्ने मेला याे वर्ष ६ गते सम्म लाग्ने एफ सि क्लबका सँयाेजक प्र्याश्चित कसजुले बताए ।
    मेला सँगै तिनमुखे पुलकाे अवलाेकन गर्ने ,सेल्फि खिँच्ने तिर्थयात्रुकाे भिड त झन कुरै गर्नु परेन ।छ
    पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रूपन्देही, राेल्पा, रूकुम, बाग्लुङ्, नवलपरासीजगायतका स्थानबाट मेलामा मानिसहरू आएका छन् । यो मेलालाई यस क्षेत्रकै पर्वको रुपमा हेरिदै आइएको छ ।

    images
    images
    images

    बिहान साँझ जाडाे भएपनि दिउसाेकाे मौसम ताताे भएकाले मेला भर्न आउने हरुका लागि पनि याे वर्ष अनुकुल मौसम रहेकाे छ ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरुधाम मेला
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।