Logo

२०८३, कार्तिक २६गते


images
images

मौसम खुलेन, पोखरामा जहाज उडेन

मौसम खुलेन, पोखरामा जहाज उडेन

images
  • मौसम खुलेन, पोखरामा जहाज उडेन
    images

    राजेश पराजुली, पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रतिकुल मौसमका कारण आज सुचारु हुन सकेको छैन । पोखराको मौसम नखुलेका कारण विमानस्थलमा उडान तत्कालका लागि बन्द गरिएको हो । विमानस्थलका सुचना अधिकारी विष्णु प्रसाद अधिकारीले मौसम खुलेसँगै सेवा तथा उडान सुचारु हुने बताए ।

    images
    images
    images

    ‘अहिलेसम्म एयरपोर्ट बन्द छ’, अन्य कारणले हैन । मौसम नखुलेको कारण हो, घाम बिस्तारै लागिराछ, अझै समय लाग्ला त्यसपछि सेवा सुरु हुन्छ ।’ अधिकारीले भने । उडान सुरु भएपछि यति एयरलेबाहेक अन्य जहाज कम्पनीले निरन्तर सेवा प्रदान गर्नेछ । ‘यतिको एटीआर जहाज हिजो दुर्घटना भएको कारण आज उहाँहरुको फ्लाइट रद्द छ, सुचना अधिकारी अधिकारीले भने, ‘बाँकी अन्य जहाजहरुले मौसम खुल्ने बित्तिकै उडान भर्नुहुन्छ ।’ (आइतबार) हिजो मात्रै यति एयरको एटीआर ७० जहाज पोखरा महानगरपालिका ७ र १५ जोड्ने सेती खोँचमा दुर्घटना ग्रस्त भएको थियो ।

    images
    images
    images

    उक्त दुर्घटनामा परि चालकदलका ४ जना, ५३ जना नेपाली, भारतीय नागरिक ५ जना, रसियन ४, आयरल्यान्डका १, अस्ट्रेलियन नागरिक १, अर्जेन्टिनी नागरिक १, कोरियन २, फ्रान्सेली १ गरी जम्मा ७२ जनाकै ज्यान गएको थियो । सो मध्ये ६८ जनाको शव फेला परिसकेकेको छ भने बेपक्ता ४ जनाको शवको खोजी कार्य तिव्र पारेको सहायक सिडिओ तथा सुचना अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘अहिलेसम्म ६८ जनाको शव भेटिसकेका छौं, ‘बेपत्ता ४ जनाको भने बिहानैदेखि खोजीकार्य तिब्र पारेका छौं ।’

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।