राजेश पराजुली, पोखरा | दुर्घटनामा फेला परेकामध्ये सनाखत भइसकेका शवको पोष्टमार्टका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तयार छन् । पोर्टमार्टमका लागि ७ सदस्यीय राष्ट्रिय टोली गठन गरिएको छ डाक्टर भरत खत्रीका अनुसार सो टोलीमा पोखराका ५ जना र काठमाडौंका २ जना डाक्टर रहेका छन् ।
काठमाडौंका २ जना डाक्टर आउन नसक्दा पोष्टमार्टममा ढिलाई भएको हो ।बाँकी सबै आवश्यक प्रक्रिया पुरा भइसकेको डाक्टर भरत खत्रीले बताए । उनले काठमाडौंका २ जना डाक्टर पोखरा आउनका लागि एयरपोर्टमा रहेको बताउदै प्रतिकुल मौसमका कारण आउन कठिनाई भएको बताए । ‘काठमाडौंबाट आउनुहुने २ जना डाक्टर एयरपोर्टमा रेडी हुनुहुन्छ ।
सबै प्रक्रिया पुरा भइसकेका छन्’, डाक्टर खत्रीले भने, ‘उहाँहरु आइसकेपछि पोष्टमार्टम गर्न मिल्ने जति गरेर आफ्ना आफन्तलाई बुझाउन तयार छौं ।’ उनले हालसम्म फेला परेका शवलाइ नम्बर किटान गरेर राखिएको बताए । ‘हामीले सुरुदेखि ल्याएका शवलाई नम्बरिङ गरेका छौं, त्यो मध्ये पहिचान गर्न सक्ने जतिलाई यहि गर्छाै र आफन्तलाई जिम्मा लगाउँछौ’, उनले भने, ‘बाँकी सबैलाई हेलीमार्फत काठमाडौं पठाउने व्यवस्था गरेका छौं ।’
उनका अनुसार सनाखत हुन नसकेका शव, चालकदलका सदस्यहरु र विदेशी नागरिकका शवलाई पोष्टमार्टम र डिएनए परिक्षणका लागि काठमाडौं पठाइने छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology