२३ चैत्र, काठमाडौं । नेपाली युवाहरुलाई कतार प्रहरीमा पठाइदिने भन्दै प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको छ । यसरी ठगी गर्ने गिरोह कै कारण वैदेशिक रोजगार विभागले यस्तो प्रलोभन देखाउने जो कसैसँग नफस्न तथा यसबारे सचेत रहन आग्रह गरेको छ।
प्रहरीको प्रलोभनमा पारेर कतिपय व्यक्ति तथा संस्थाहरुले राहदानी लगायत काजगातहरु संकलन गर्ने, अन्तर्वार्ता लिने र त्यसपछि रकम असुल गर्ने अवैध काम बढ्दै गएका कारण विभागले प्रेस विज्ञप्ती निकालेर सचेत रहन आग्रह गरेको छ।
नेपाली कामदार कतार पठाउने काम भइरहेको छ । कतार प्रहरीको लागि हाल कतारस्थित नेपाली दूतावासबाट कुनै पनि मागपत्र प्रमाणीकरण भइ नआएको र विभागबाट पनि पूर्व स्वीकृति प्रदान नगरिएकाले यस्तो नाममा हुन सक्ने सम्भावित ठगीबाट सबै बच्न विभागले अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology