राजेश पराजुली, गण्डकी प्रदेश गण्डकी प्रदेशसभाको सभामुख माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई पराजित गरेका हुन्।
धितालले ३२ मत ल्याउँदा तिवारीले २६ मत मात्रै ल्याइन्। मतदानमा ५८ सांसद सहभागी थिए। उनलाई एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले धितालको पक्षमा मतदान गरेका थिए।उनले गोरखाको भिमसेन गाउँपालिका १ (२)बाट निर्वाचित भएका हुन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology