Logo

२०८३, आश्विन १०गते


images
images

गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन

images
  • सेतोमसी सहकर्मी
  • गोरखाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । जिल्लाका सबै पालिकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएकोे छ । दुई नगरपालिका र नौ गाउँपालिका रहेको जिल्लाका सबै पालिकाबाट यही पुस २५ गते उक्त परिचयपत्रका लागि विवरण सङ्कलन अभियान सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अभियानका क्रममा जिल्लाभरबाट अहिलेसम्म कुल एक लाख १५ हजार नौ सय ८७ जनाको विवरण सङ्कलन भइसकेको  बताए ।

    images
    images
    images

    गोरखा नगरपालिकाबाट १८ हजार आठ सय ३१, पालुङटार नगरपालिकाबाट १८ हजार सात सय ४९, सिरानचोक गाउँपालिकाबाट नौ हजार नौ सय ८६ जनाले राष्ट्रिय परिचयपत्रका लागि फारम भरेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
    त्यस्तै अजिरकोट गाउँपालिकाबाट पाँच हजार पाँच सय ९८, आरुघाट गाउँपालिकाबाट आठ हजार ८४, गण्डकी गाउँपालिकाबाट १३ हजार छ सय दुई, धार्चे गाउँपालिकाबाट पाँच हजार नौ सय तीन जनाले फारम भरेका थिए । त्यसैगरी भीमसेन थापा गाउँपालिकाबाट छ हजार छ सय ९५, बारपाक सुलिकोट गाउँपालिकाबाट नौ हजार चार सय ८६, सहिद लखन गाउँपालिकाबाट १४ हजार दुई सय ९० र चुमनुव्री गाउँपालिकाबाट दुई हजार एक सय ३१ जनाले फारम भरेका छन् ।
    त्यसबाहेक अन्य दुई हजार चार सय ३२ जनाले परिचयपत्र बनाएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । गोरखामा गत साउन १५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन अभियान सुरु भएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।