Logo

२०८३, आश्विन ९गते


images
images

चितवनमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

चितवनमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला

images
  • चितवनमा श्रीमान् श्रीमती मृत अवस्थामा फेला
    प्रतिकात्मक तस्बिर
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुरको वडा नं-२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७,२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४ ,२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । अहिले प्रहरी घटनास्थलमा पुगेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ । मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमतीको हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

    images
    images
    images

    उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए । उनीहरुको एक छोरा छन् । प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने श्रीमती गृहणी थिइन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरतपुर महानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।