Logo

२०८३, कार्तिक २६गते


images
images

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल निर्वाचित

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल निर्वाचित

images
  • पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको ११औं अधिवेशन सम्पन्न, अध्यक्षमा पोखरेल निर्वाचित
    images

    राजेश पराजुली, पोखरा | नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीको २९औं साधारण सभा तथा ११औं अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् ।

    images
    images
    images

    त्यस्तै महासंघको अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा रामप्रसाद सुृवेदी र कोषाध्यक्षमा सूर्यमोहन आचार्य निर्वाचित भएका छन् । त्यसैगरि कार्यसमिति सदस्यमा दीपेन्द्र पोखरेल, सुजित गौतम, रमेश पौडेल, टिकाराम अधिकारी, प्रकाश प्रसाद पोखरेल, सुनिल सुवेदी, विष्णुप्रसाद पौडेल, दीपक सुवेदी, सकुन्तला पौडेल, लालवीर चौधरी, भुवन अधिकारी र डिप्लव केसी निर्वाचित भएका छन् । यस अगाडि साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले मानव सभ्यता संस्कारको बुद्धिलाई निखारदै लैजाने महत्वपूर्ण माध्यम पुस्तक रहेको बताए ।

    images
    images
    images

    पुस्तक सभ्य समाजको शुरुवातदेखि अन्त्यसम्म रहने ज्ञानको भण्डार भएको उनको भनाई थियो । साथै पुस्तक तथा स्टेशनरी व्यवसाय त्यती सहज नभएको गण्डकी प्रदेश प्रमुख गुरुङले बताए । त्यस्तै साधारण सभाका सभाध्यक्ष बैकुण्ठ प्रसाद पौडेलले पुस्तक तथा स्टेशनरी व्यवसायलाई जोगाउदै कसरी अगाडी बढाउने भन्ने विषयमै केन्द्रीत रहेर अगाडी बढेको आफ्नो कार्यकालको अनुभव सुनाए । साथै सबैको महत्वपूर्ण भुमिकाले गर्दा आफ्नो कार्यकाल सफल भएको र साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे ।

    images
    images

    साधारणसभा तथा अधिवेशनको उद्घाटन सत्रमा वर्षेनी गर्दै आएको उत्कृट तीन व्यवसायीलाई सम्मान गरिएको थियो । साथै यस वर्षबाट कास्कीमा क्रियाशिल पत्रकारिता गर्दै आएका एक जना पत्रकारलाई दोसल्ला, नगद र सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित उत्कृष्ट तीन व्यवसायीमा महासंघ कास्कीका पूर्व अध्यक्ष ऋषिराम शर्मा भण्डारी, व्यवसायी कमला सुवेदी र भोलानाथ अधिकारीलाई सम्मान गरिएको थियोभने क्रियाशिल पत्रकारकोरुपमा गन्थन डटकमका समाचार प्रमुख राजु गिरीलाई सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।