Logo

२०८३, कार्तिक २७गते


images
images

सरकारी जागीर छोडेर डा. पन्थीले गाउँमै खाेले अस्पताल

सरकारी जागीर छोडेर डा. पन्थीले गाउँमै खाेले अस्पताल

images
  • सेतोमसी सहकर्मी
  • सरकारी जागीर छोडेर डा. पन्थीले गाउँमै खाेले अस्पताल
    images

    कृष्ण अन्जान, गुल्मी । पढेपछि अवसरकाे खाेजिमा युवाहरु शहरलाई आफ्नो गन्तव्य बनाउँछन तर गुल्मी तम्घास का युवा डाक्टर विकाश पन्थीले आफ्नो अवसर खाेज्ने थलाे गुल्मी जिल्लाकाे प्रवेशद्वार पवित्र रुरुधामकाे रिडीबजारलाई बनाउने तयारी गर्दैछन । डाक्टर पढेपछि रुरु प्राथमिक स्वास्थ केन्द्रमा चिकित्सककाे रुपमा तीन वर्ष अघि आएका डाक्टर पन्थी यहाँबाट पाल्पाको ताहुँमा सरुवा भए र त्यहाँबाट जागिर छाडेर रिडीबजारमा रुरु जनसेवा पाेलिक्लिनिक स्थापना गर्दै स्वस्थ्य व्यवसायमा जुट्दैछन ।

    images
    images
    images

    त्यसाे त उनी सदरमुकाम तम्घास अथवा शहरका अन्य भागमा पनि व्यवसायमा लगानी गर्न सक्थे तर पवित्र रुरुधामले उनलाई सेवामूलक व्यवसायका लागि तान्याे । युवाहरुमा जाेश त हुन्छ नै तर जब जाेशमा हाेस थपिन्छ तब युवाहरु झनै जिम्मेवार बन्छन । वास्तवमै डाक्टर विकासमा याे कुरा लागू भयाे ।

    images
    images
    images

    रुरुक्षेत्र गाउँ पालिकाकाे वडा न १ रिडीमा रहेकाे रुरु प्राथमिक स्वास्थ केन्द्रमा  जाेश सँगै हाेस सम्हालेर काम गरेका  युवा डाक्टर विकाश पन्थीलाई रुरुधामले यसरी तान्याे कि उनी यहीँ ठाउँमा आफ्नो भविष्य देखे ।

    images
    images

    रुरु प्राथमिक स्वास्थ केन्द्रकाे प्रमुखकाे पद सम्हालेर काम गरेका   डाक्टर विकास पन्थीकाे चर्चा याे क्षेत्रमा अझैपनि छ त्यसैमा पाेलिक्लिनिक नै सन्चालनकाे थलाे रिडीबजारलाई बनाएका उनकाे चर्चा यतिबेला झन चुलिएकाे छ । 'रुरुधाम र यस वरिपरिकाे बाताबरण त्यसै पनि मनमाेहक त छ नै सँगै याे क्षेत्रमा गुणस्तरीय स्वास्थ सेवाको आवस्यकता महशुस गरि याे काम शुरु गर्न लागेकाे छु सबैको सहयाेगकाे आशा गरेकाे छु' डाक्टर पन्थीले भने ।

    रुरुक्षेत्र गाउँ पालिकामा करिब २० हजारकाे हाराहारीमा जनसंख्या छ सँगै याे क्षेत्र वरिपरि पाल्पाको अर्गली कुसेनी स्याङ्जाको कालिगण्डकी रुरुक्षेत्र नजिकैकाे सत्यवति र पाल्पाकाे रैनादेवि गाउँ पालिका र क्षत्रकाेट गाउँ पालिकाकाे रिडीखाेला काे तटिय क्षेत्रका हजारौं जनता थपिँदा करिब पचास हजार भन्दा बढिकाे जन स्वास्थकाे अाशाकाे केन्द्र रुरु जनसेवा पाेलिक्लिनिक हुनसक्छ रिडीबजारका दिवस श्रेष्ठको ठम्याई छ ।

    पछिल्लो चरणमा दैनिक एक सय भन्दा वढि बिरामी दैनिक जाँच गर्न पाल्पा या बुटवल जाने गर्छन रिडीमा विशेषज्ञ सहितकाे सेवाले याे क्षेत्रका वासिन्दाले मज्जाले लाभ लिन सक्छन ।

    आम जनसमुदायकाे स्वास्थ जाँच परामर्श र ओैषधिउपचार हाम्राे जिम्मेवारी हाे र आफ्नाे जिम्मेवारी बहन गर्दा मलाई थकाई लाग्दैन डाक्टर विकास पन्थी भन्छन ।डाक्टर पन्थी गुल्मीका नेपाली काँग्रेसका नेता शालिक पन्थीका छाेरा हुन ।डाक्टर विकासकाे रिडीलाई कार्यथलाे बनाउने निर्णयमा उनी खुशि छन ।हामीले छाेराछाेरीलाई वास्तवमा आफ्नो ठाउँकाे माटाेलाई माया गर्न सिकाउनु पर्छ ,डाक्टर विकासको आदर्श गाउँ र आफ्नो ठाउँ प्रति जिम्मेवार बन्याे शालिक पन्थीले भने ।रुरु जनसेवा पाेलिक्लिनक ले माघ १ गते माघेसक्रान्तीकाे दिन पारेर आफ्नो व्यवसायीक दैलाे खाेल्दैछ । माघ १ गते उदघाटनका अवसरमा लुम्बिनी हस्पिटल तथा टक्निकल प्राईभेट लिमिटेडका करिब आधा दर्जन विशेषज्ञ डाक्टरहरुले दिनै भरी निशुल्क विभिन्न राेगहरुकाे चेकजाँच गर्नेछन । मुख्यतया हाडजोर्नी विशेषज्ञ डाक्टर  हिरामणी पौडेल, स्त्रीरोग विशेषज्ञ डाक्टर  बबिता थापा, फिजिसिएन डाक्टर प्रकाश भट्टराई, जनरल सर्जन डाक्टर नवीन श्रेष्ठ ,रेडियाेलाेजिष्ट डाक्टर तिर्सना श्रेष्ठ र फिजियाेथेरापिष्ट मिलन केशिले सेवा दिने डाक्टर पन्थीले बताए ।माघ १ गते ओैषधि, ल्याव जाँच र थाईराईड जाँचमा २० प्रतिशत छुट दिईने भएकाे छ ।उदघाटन पछि रुरु जनसेवा पाेलिक्लिनिक ले २४ सै घण्टा इमर्जेन्सी सेवा, ओपोडि सेवा, भिडियाे र डिजिटल एक्सरे सेवा ,ल्याब जाँच, ईसिजि मुटु जाँच, फार्मेसी सेवा दिने छ ।महिनाकाे दुईपटक विशेषज्ञ डाक्टरकाे सेवालाई निरन्तरता दिने गरि पाेलिक्लिनिक शुरुवात गरिन लागेको सन्चालक डाक्टर विकास पन्थीले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।