Logo

२०८३, कार्तिक २७गते


images
images

चितवन महोत्सवको ‘मेड इन नेपाल एक्स्पो’मा उत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार

चितवन महोत्सवको ‘मेड इन नेपाल एक्स्पो’मा उत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार

images
  • चितवन महोत्सवको ‘मेड इन नेपाल एक्स्पो’मा उत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार
    images

    चितवन । चर्चित सञ्चारकर्मी भूषण दाहालसँग युवा उद्यमीले ‘मेड इन नेपाल एक्स्पो’ स्थलमा अन्तरक्रिया गरेका छन्। चितवन महोत्सवभित्र हुन लागेको मेड इन नेपाल एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ। सोहि क्रममा सञ्चारकर्मी दाहालले नेपाली उत्पादनको प्रयोग सँगै ब्राण्डिङ गर्नमा पनि जोड दिएका हुन्।

    images
    images
    images

    जुत्तादेखि टोपीसम्म नेपाली उत्पादन लगाएर कार्यक्रम स्थलमा पुगेका दाहालले नेपाली उत्पादनको प्रबद्र्धनका लागि सरकारी तहबाटै नीति बन्न नसकेको बताए। महोत्सवभित्र मेड इन नेपाल एक्स्पो पनि हुन लागेको कुराले आफुलाई आकर्षित गरेको भन्दै उनले नेपाली उत्पादनको प्याकेजिङलाई आकर्षक बनाउन पनि आवश्यक रहेको बताए ।

    images
    images
    images

    ‘नेपाली उत्पादन विश्वसनिय र प्याकेजिङ पनि आकर्षक खालको हुनुपर्छ’, उनी भन्छन्, ‘नेपालमा जति पनि उत्पादन भएका छन्, तिनको ब्राण्डिङ भएको छैन ।’ नेपाली उत्पादनहरु साच्चिकै गुणस्तरीय हुँदा पनि ब्राण्डिङ गर्न नजान्दा ओझेलमा पर्ने गरेको उनी बताउँछन् । नेपाली उत्पादनको प्रवद्र्धनका लागि आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता पनि जनाए ।

    images
    images

    मेड इन नेपाल एक्स्पोमा ४० वटा स्टल रहने छन् । सबै स्टलमा नेपाली उत्पादन हुने भएकाले यसलाई महोत्सवकै आकर्षकका रुपमा लिइएको छ । एक्स्पोको प्रायोजकमा हाइलाइफ र बिग मास्टर रहेका छन् । नव उद्यमीले मात्रै १० वटा स्टल बुक गरेको एक्स्पोको आयोजक युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।

    ‘नेपाली उद्यमीले उत्पादन गरेको बस्तुको प्रबद्र्धनका लागि एक्स्पोको आयोजना गरेका हौँ । उत्कृष्ट उद्यमीलाई एक लाख रुपैयाँ पुरस्कार पनि दिन्छौँ’, उनले भने, ‘पुरस्कारका लागि नयाँ उद्यमीहरुबीच प्रतिस्पर्धा हुन्छ ।’ एक्स्पोमा नयाँ उत्पादन लन्च गर्न र विभिन्न उत्पादनमा विशेष अफर सार्वजनिक पनि गर्न सकिने उनले बताए । नेपाली उत्पादनले बजार पाउन सके हरेक दिन विदेशीने डलर स्वदेशमै रोकिने उनी बताउँछन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # चितवन महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।