Logo

२०८३, कार्तिक २६गते


images
images

सहिद वसन्त पौडेलको स्मृतिमा नि:शुल्क दन्त परिक्षण 

सहिद वसन्त पौडेलको स्मृतिमा नि:शुल्क दन्त परिक्षण 

images
  • सहिद वसन्त पौडेलको स्मृतिमा नि:शुल्क दन्त परिक्षण 
    images

    राहुल देव सापकोटा, देवदह । रुपन्देहीको देवदहमा सहिद वसन्त पौडेलको पाँचौ स्मृतिमा स्मृति सभा एवम नि:शुल्क दन्त परिक्षण कार्यक्रम सम्पन्न भएको छ।

    images
    images
    images

    वि सं २०७४ साल पौष २१ गते अज्ञात समुहद्वारा गोलि प्राहरबाट पौडेलको मृत्यु भएको थियो, पछि उनलाई सरकारले सहिद घोषणा गरेको थियो  । 
     
    राजनीतिमा समेत  संलग्न  पौडेल काठ व्यापारी थिए। देवदह नगरपालिका वडा नम्बर ३ मा रहेको आफ्नै काठको उद्योगमा बसिरहेका बेला अज्ञात समुहले गोलि हानेर उनको हत्या गरेको थियो ।

    images
    images
    images

    उनै पौडेलको सम्झनामा आज पौष २१ गते देवदह नगरपालिका वडा नम्बर ३ मा रहेको आदिवासी जनजाती महासङ्घको भवनमा सो कार्यक्रम आयोजना गरिएको हो । 

    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम देवदह नगरपालिकाका नगर प्रमुख धुर्व प्रसाद खरेलले सहिदको समाजप्रतीको योगदानको चर्चा गर्दै सहिदले देखाएको बाटोमा सबैलाइ हिँडन आग्रह गरे ।

    स्मृति दिवसमा आयोजित नि:शुल्क दन्त परिक्षण शिविरमा ७३ जनाले दन्त परिक्षण गराएका छन । 

    कार्यक्रम सहिद दुर्गा वसन्त स्मृती प्रतिष्ठानका अध्यक्ष दिपेश बिक्रम मल्लको अध्यक्षता, संस्थाकी उपाध्यक्ष सरस्वती पोख्रेलको स्वागत र सचिब गोपाल पान्डेको संचालनमा सम्पन्न भएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।