Logo

२०८३, कार्तिक २७गते


images
images

कास्की जिल्ला खेलकुद विकास समितिको प्रमुखमा डि.बी नेपाली

कास्की जिल्ला खेलकुद विकास समितिको प्रमुखमा डि.बी नेपाली

images
  • सेतोमसी सहकर्मी
  • कास्की जिल्ला खेलकुद विकास समितिको प्रमुखमा डि.बी नेपाली
    images

    राजेश पराजुली, पोखरा | कास्की जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको रुपमा डम्बर बहादुर (डि.बी.) नेपालीलाई जिम्मेवारी दिइएको छ । यस अघि कार्यालय प्रमुखका रुपमा प्रकाश बरालले जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    images
    images
    images

    तर बरालले मंसिर ४ गते सम्पन्न प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएलगतै उक्त पदबाट राजीनामा दिएका थिए । उनको राजीनामासँगै कार्यालयमा केही समयदेखि उक्त पद रिक्त अवस्थामा रहेको थियो ।

    images
    images
    images

    कास्की जिल्ला खेलकुद विकास समितिको रिक्त रहेको उक्त पदमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपालीलाई जिम्मेवारी दिएको हो । नेपाली हाल पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिमा लेखापालको रुपमा कार्यरत भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    images
    images

    यस्तै यस विषयमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले नेपालीलाई परिषदले रिक्त रहेको प्रमुख पदको जिम्मेवारी हेर्न खटाएको जानकारी दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।