Logo

२०८३, आश्विन ९गते


images
images

टाउकोको अपरेशन गर्दा आँखाको ज्योति गुमाएकी आशाको संसार हेर्ने आस

टाउकोको अपरेशन गर्दा आँखाको ज्योति गुमाएकी आशाको संसार हेर्ने आस

images
  • टाउकोको अपरेशन गर्दा आँखाको ज्योति गुमाएकी आशाको संसार हेर्ने आस
    images
    images

    बझाङ । बझाङ जयपुथ्वी नगरपालिका-१ कैलाश पिमी घर भएकी आशा कुमारी सिहंको आखाको ज्योति नै गुमेको छ । करिब दुई बर्ष अगाडि भारतमा टाउकोमा रहेको ट्युमरको अपरेशन गरेर घर फर्किएकि आशा कुमारी सिहंको आखा देख्ने सपना एक बर्ष आसै-आसमा बित्यो।

    images
    images
    images

    बर्षौ बित्यो तर आशा कुमारी सिहंले आखा देखिनन्। सामान्य टाउको दुख्ने विरामी भएकी आशा उपचारको लागि भारत गइन तर  उनलाई टाउकोमा ट्युमर देखियो । उनका अनुसार भारतमा उपचार भएर घर फर्केपछि त्यहाँका  डाक्टरहरुले अब एक बर्षपछि आँखा आफै खुल्ने अहिले कम्जोर भएर दृष्टि आएन भनेर पठाए।  तर बर्ष बित्दासमेत आशाको आखाँको दृष्टि फ़र्किएन। 

    images
    images
    images

    टाउकोमा रहेको ट्युमरको अपरेशन गर्दा अरुसंग ऋण मागेर छोरीको उपचारको लागी १३ देखी १५ लाखसम्म खर्च हुँदा पनि छोरीको आँखाको ज्योति नखुलेको पिडितका बुबा बर्ख बहादुर सिंह बताउछन्। केही समयअघि आशा सिहको आमाको पनि कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मुत्यु भएको बताउंदै बर्ख बहादुर सिंहले आखाँभरि आसुँ बनाउंदै भने - "जहानको पनि मृत्यु भयो, छोरीको यस्तो अवस्था छ, मत मर्न न बाच्नको पिडामा छु।"

    images
    images
    images

    डाक्टरको भने झैं छोरीको आखाँको ज्योति आफै आउछ भनेर उपचारको लागि कहीँ नलगेको तर लामो समयसम्म पनि आँखा नदेखे पछि करिब ५-६ महिना अगाडि कैलालीको धनगढीमा रहेको गेटा आखा अस्पतालमा लिएर चेक गराउदा त्यहाँका डाक्टरहरुले आँखा देख्ने नशा नै बन्द भएको  हुनाले आखाँको ज्योति खुल्न असम्भव रहेको बताएका पिडितका काका रमेश सिहले बताउछन्। अब यो भन्दा अलि राम्रो आखाको लागि काठमाडौंमा अस्पताल छ, एक पटक त्यहाँ गएर चेक गराउनु भनेर गेटा आँखा अस्पतालका डाक्टरले सल्लाह दिएको उनको भनाइ छ ।

    कमजोर आर्थिक अवस्था । त्यहीमाथि केही समय अगाडि श्रीमतीको पनि मुत्यु भएको र त्यसको एक बर्षभित्र छोरी पनि बिरामी भएर १५ लाख ऋणमा डुबेको परिवारले अहिले सहयोगका लागि अपिल गरेको छ।  आशाका बाबु बर्ख बहादुर सिंहले कहींबाट सहयोग पाए छोरीलाई एकपटक काठमाडौ लगेर उपचार गराउने बताए। उनी भन्छन,  "तपाईहरुको सहयोगले मेरी छोरीको आँखाको ज्योति खुल्न सक्छ, म मेरो छोरीलाई काठमाडौ लिएर एउटा राम्रो अस्पतालमा उपचार गर्न चाहान्छु।"

    आशा कक्षा दशमा पढ्दै गर्दा विरामी भएकी हुन् । आफु सन्चो भएर फेरि यो संसार हेर्ने ठुलो ईच्छा रहेको र आफ्नो आसा सबैको सहयोगले पुरा हुने विश्वास उनले लिएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आँखाको ज्योति
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।