Logo

२०८३, कार्तिक २६गते


images
images

बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड

बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड

images
  • बालिका अधिकार संरक्षणमा सरोकारवालाको जोड
    images

    राजेश  पराजुली, पोखरा । दिनदिनै बढ्दै गईरहेको बालिका तथा किशोरीमाथि हुने हिंसा, दुव्र्यवहार, बलात्कार, एसिड आक्रमण, बाल विवाह, बालिकाहरूमाथि हुने विभेदप्रति सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । 
    जागृति बाल तथा युवा सरोकार नेपालले आफ्नो १८ औँ साधारण सभाको अवसरमा आयोजित बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका विषयक छलफल कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यवहाक अध्यक्ष कृष्णाकुमारी खतिवडाले छोरीमाथि हुने सबै प्रकारका हिंसा विरुद्ध कानूनी संचेतना र दोशी उपर कार्वाहीका निम्ति लाग्नुपर्ने कुरामा जोड दिएभएको थियो । 
    अधिवक्ता इन्दु तुलाधरले बालिकाहरुको शिक्षा, स्वास्थ्य र संरक्षणमा ध्यान पुर्‍याउन नसकेका कुुरालाई जोड दिँदै तिनै तहका सरकार र निकायहरुमा लैङ्गिक मैत्री नीति, कार्यक्रम, बजेट र त्यसको कार्यान्वयनको शुनिश्चितता हुनुपर्ने र त्यस्ता कार्यक्रममा नागरिक संघसंस्था सञ्जालको महत्वपूर्ण भूमिका रहने बताए । 
    राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँ, राष्ट्रिय योजना आयोगका डा. किरण रुपाखेती, राष्ट्रिय युवा परिषद्का उपसचिव चन्दा थापा, राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेल, सिविनका कार्यकारी निर्देशक सुम्निमा तुलाधर, देवचुली न.पा.का उपप्रमुख पार्वता तिवारीले सरकारले बालिका तथा किशोरीमा लगानी बढाउनु पर्ने, उनीहरुको संरक्षणमा थप ध्यान दिनुपर्ने, बालमैत्री, युवामैत्री, लैङ्गिकमैत्री अभियानलाई अघि बढाउने प्रतिवद्धता सहित जागृति बाल तथा युवा सरोकार नेपालले गरेका कार्यक्रम र उपलब्धिको प्रंशसा गर्दै शुभकामना व्यक्त भएको थियो । 
    जागृति बाल तथा युवा सरोकार नेपालको इतिहास हालसम्मका उपलब्धिहरुको सार्वजनिक परीक्षण गराउँदै कार्यक्रममा संस्थाका कार्यक्रम, साझेदार संस्था, सञ्जालहरु, गतिविधि, कार्य गर्ने जिल्ला सहितका प्रस्तुतीकरण गराउँदै बालिका तथा किशोरी सूचना तथा स्रोत केन्द्र, बालमैत्री शासन प्रवद्र्धन, बाल श्रम, आधुनिक दासता, हिंसा, दुव्र्यवहारमा परेकाको उद्धार, बालिका सशक्तिकरण, विद्यालय पोषण कार्यक्रम, विद्यालय भवन निर्माण, कानूनी सहायता, युवामैत्री स्थानीय शासन, जिविकोपार्जन सहित गरेका कार्यहरु प्रस्तुतीकरण सहित सुमिक्षा खड्काले सुझाव माग्न भएको थियो । 
    बालिका तथा किशोरीहरुको संरक्षणका लागि योगदान पुर्‍याएको भन्दै अभियान्ता मुस्कान खातुनलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षता भएको थियो भने महासचिव दिपक शर्माले कार्यक्रमको सञ्चालन र्भएको थियो । कार्यक्रममा समाज कल्याण परिषद् सदस्य नारायण गिरी, युएनडिपिकी विनिता कार्की, गैरसरकारी संस्था महासंघका महासचिव अर्जुन भट्टराई सहित १५ वटा नागरिक सङ्गठन सञ्जाल, ८ वटा विकासका साझेदार संस्था, २५ वटा नागरिक सङ्गठन, किशोरी तथा किशोर सञ्जालका प्रतिनिधि, जन प्रतिनिधि सञ्चारकर्मी सहित १०० भन्दा बढिको सहभागिता रहेको थियो । 
    कार्यक्रममा प्रतिनिधि सभाका सदस्यहरु माननीय कल्पना मिया, सोविता गौतम, विना लामा तथा बागमती प्रदेश सभा सदस्य, माननीय उर्मिला अर्यालको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उहाँहरुले बालबालिका तथा किशोरीहरुको हकहित अधिकार संरक्षणको निम्ति ऐन कानून निर्माण, सुधार र कार्यान्वयनको निम्ति पहल, गर्ने प्रतिवद्धता व्यक्तभएको थियो । उनहरुलाई संस्थाले “बालबालिका राष्ट्रिय गौरव हुन्” भन्ने अभियानलाई स्थापित गर्न आग्रह सहित सम्मान समेत गरिएको थियो भने यसै कार्यक्रमका बीचमा बालिका अधिकारका लागि राष्ट्रिय सञ्जालको सचिवालय स्वतन्त्रता अभियानलाई हस्तान्तरण गरिएको थियो ।  
    २०६१ सालमा स्थापित भएको बालक्लबका पूर्व सदस्यहरु अगुवाईमा स्थापित संस्थाको १८ औँ साधारण सभाले बालबालिका राष्ट्रिय गौरव हुन् भन्ने अभियानलाई स्थापित गर्ने, बालबालिका शिक्षा स्वास्थ्य संरक्षण, जिविको पार्जन, जोखिममा परेकाको उद्धार पुर्नस्थापना र कानूनी सहायतामा थप क्रियाशील हुने निर्णय गर्दै सम्पन्न भएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बालिका अधिकार संरक्षण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।