ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ १७ गते सोमबार । तदनुसार ३१ मे २०२१ । श्री भोलेनाथको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
आजको पञ्चाङ्ग:
वि.सं. जेठ १७, २०७८ । ई.सं. 31 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलागा । उत्तरायण । ग्रीष्म । सोमवार । ज्येष्ठ कृष्णपक्ष । तिथि - पञ्चमी , ७:१८ बजे उप्रान्त षष्ठी । नक्षत्र - श्रवण , २१:१२ बजे उप्रान्त धनिष्ठा । योग - ब्रह्म , ११:१३ बजे उप्रान्त ऐन्द्र । करण - तैतिल ७:१८ बजेदेखि गर , १८:४२ बजे उप्रान्त वव । चन्द्रराशि - मकर । आनन्दादि योग - सिद्धि । दिनमान ३४।१७ । सूर्योदय ५:११ । सूर्यास्त १८:५३ । धुम्रपान रहित दिवस ।
आजको राशिफल :
मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
मनमा सुख तथा सन्तोष रहनेछ । आँटेका कामहरु पुरा हुनेछन् । आज कुनै नयाँ कामको थालनि हुनेछ । मित्रहरुबाट सहयोग मिल्ने छ । शत्रु पराजित हुनेछन् । यात्रा हुनसक्ने दिन रहेको छ । मनमा अहंकार वढनाले दुराचारको भावना जाग्रित हुन सक्ने छ । पेसा तथा व्यवसाय सफल रहने छ ।
वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
परिवार तथा सन्तानबाट सहयोग मिल्नेछ । आज यात्रा हुनेछ । उत्तम वस्त्र प्राप्त हुनेछ । सरकारी काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा राम्रो फइदाहुने दिन रहेकोछ । विद्यार्थीहरुका लागि आजको दिन फलदायी रहनेछ । चोट पटकको संभावना भने रहनेछ भगवान बिष्णुको स्मरण गर्नुहोला ।
मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
पठन पाठनमा रुचि घट्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ । अनावश्यकरुपमा वादविवाद तथा झगडा हुन सक्ने छ । मन साह्रै चिन्तित रहला । जिवजन्तुको भय हुनेछ । वायुविकार तथा पेटजन्य समस्या आउने छ । पापकर्ममा मन जाला । नोकरी तथा व्यापारमा समस्या आउनेछ ।
कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
पारिवारीक सहयोग मिल्नेछ । धनलाभ हुने दिन छ । यात्रा तथा सवारीसाधनबाट फाईदा हुनेछ । मान सम्मान मिल्नेछ । मीठो कुरा खानपाईने दिन रहेको छ । मित्रबाट पूर्ण सहयोग मिल्नेछ । प्रेमिल दिन व्यतित हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । अध्ययनको लागि आजको दिन फलदायी रहनेछ ।
सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
व्यवसायबाट फाईदा हुनेछ । स्वास्थ्यले साथ दिनेछ । धन तथा यश प्राप्त हुनेछ । शत्रु सरास्त हुनेछन् । विपरीत लिङ्ग बाट सहयोग प्राप्त हुनेछ । साथिभाइसंग रमाइलो गरि दिन वित्नेछ । पारिवारीक सुख प्राप्त हुनेछ । श्री वृद्धि तथा ख्यातिको प्राप्ति हुनेछ । अध्ययनमा त्यति रुचि जाग्ने छैन ।
कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
धन तथा प्रिय पदार्थको नोक्सानी हुने योग छ । काम विग्रने खालको समय रहेको छ । यात्रा फलदायी हुनेछैन । मन अशान्त भई रहने छ । वायु विकारले शरीरका विविध अंगमा पीडा हुने छ । व्यापारबाट हानी हुनेछ । शत्रु सबल हुनेछन् । आज मित्रहरुले पनि शत्रुले जस्तै व्यवहार देखाउने छन् ।
तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
परिवारका सदस्यहरु संग झगडा हुने योग छ । मन साह्रै चञ्चल हुनेछ । पेट सम्वन्धी समस्या आउने छ । चोटपटकको संभावना रहेकोछ । आँटेको काम पुरा हुनेछैन् । पानी बाट हानीहुने दिन रहेको छ । पढाइमा मन जानेछैन । शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन ।
वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
प्रेममा सफलता मिल्ने छ । धन आर्जनगर्ने अवसर मिल्नेछ । आज नयाँ कामको आरम्भ हुनेछ । शत्रु परास्त हुनाले मन प्रशन्न हुनेछ । धैर्यताले कार्य सफल हुनेछ । साथिहरु पूर्णसहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । नोकरी,व्यवसाय र अध्ययनको मार्ग शुभ रहेकाछन् ।
धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्ने देखिन्छ विचार पु¥याउनु होला । नाक र घाँटिमा समस्या आउन सक्नेछ । मानसिक तथा शारिरीक समस्या आउनेछ । आँखामा समस्या आउन सक्नेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । परिवारमा खट्पट हुनेछ । आफन्त नै शत्रु वन्नेछन् ।
मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
स्वास्थ्य राम्रो रहने छ । मनमा शुखको अनुभुति हुनेछ । सभा तथा समारोहमा सहभागि हुने अवसर मिल्नेछ । गरेका काममा सफलता मल्निेछ । पढाइमा राम्रो सफलता मल्निेछ । स्वादिष्ट भोजन खान पाईने तथा उपहार प्राप्तहुने योग रहेकोछ । व्यवसाय सफल रहला ।
कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
मानसिक तथा शारीरिक समस्याले सताउने छ । धनक्षय हुने दिन रहेको छ । बहुमुल्य सामान हराउन सक्नेछ । परिवारमा वेमेलको स्थिति आउनेछ । कुराकाट्नेहरु धेरै हुनेछन् । नैराश्यता उत्पन्न हुने छ । अध्ययनमा रुचि घट्ने छ । शत्रुपक्ष वलवान हुनेछन । व्यवसायीलाइ आजको दिन त्यति फलदायी हुनेछैन ।
मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
आर्थिक उन्नति प्रगतिहुने दिन रहेको छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । इष्टमित्रसंग भेटघाट हुनेछ । शत्रु पराजित हुनेछन् । कीर्ति वढनेछ । मीष्ठान्न भोजन तथा स्वर्णादि वस्तुको लाभहुने दिन रहेको छ । विद्यार्थी तथा व्यवसायीहरुका लागि आजको दिन सफल रहला ।
नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२
(प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology