Logo

२०८३, आश्विन ९गते


images
images

लघुकथा : "नियति"

लघुकथा : "नियति"

images
  • लघुकथा : "नियति"
    images
    images

    `छ्या ! कस्तो फाेहर´ निर्मलले नाक खुम्च्यायाे।
    बाबुलाई डि.भी चिठ्ठा परेपछि विद्यालय पढ्दै गरेको निर्मल बाबुआमासँगै अमेरिका पुगेको थियोे।लामो समय पश्चात् नेपाल फिरेकाे उसलाई बाल्यकालिन साथी सुलभले काठमाडौंकाे स्वयम्भू घुमाउन लगेको थियोे। मनाेरम थुम्काेमा स्वयम्भू दर्शन पनि हुने।काठमाडौं शहर दृश्यावलाेकन गर्न पनि सकिने साेचले उसले निर्मललाई त्यहाँ पुर्याएकाे थियोे।
    `विशाल उपत्यकाकाे बिचमा यस्तो अनाैठाे ढिस्काे।प्रकृतिको अनुपम वरदान। त्यसैमाथि याे स्वयम्भू स्तुपा। घरी फुत्त यता घरी फुत्त उता गर्ने बाँदरको चञ्चलता। खुब रमाउला साथी।´ यही साेचले प्रफुल्ल थियोे सुलभ।

    images
    images
    images

    `हेर, मन्दिर परिसर बाहिर यस्तो गनाउँछ । जताततै बाँदरले दिसा गरेका छन्। यति राम्रो, कलात्मक ढुङ्गे सिँढी छ तर सरसफाइ छैन्। कुन कालमा बनाएको सिँढी हाे ? ढुङ्गा फुक्लिएका छन् त्यति सम्म मर्मत छैन्। विदेश तिर भएको भए कति सिँगार्दा हुन्,कति आकर्षक बनाउँदा हुन् यसलाई ?´ तिरस्कारपूर्ण अभिव्यक्ति ओकल्याे निर्मलले।

    images
    images
    images

    साथीकाे अभिव्यक्तिले खिन्न भएको सुलभले मनमनै भन्यो `माल पाएर चाल नपाएपछि के गर्नु? मेराे देशको नियति!´

    images
    images
    images


    लेखक > मित्र `उराठी´गाैतम
    अमरपुर, गुल्मी 
    हाल तिलाेत्तमा २,रुपन्देही

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लघुकथा : "नियति"
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।