Logo

२०८३, श्रावण २७गते


images
images

शल्यक्रियामार्फत् भैँसीलाई सुत्केरी गराइयाे

शल्यक्रियामार्फत् भैँसीलाई सुत्केरी गराइयाे

images
  • शल्यक्रियामार्फत् भैँसीलाई सुत्केरी गराइयाे
    images
    images

    नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–१ आरुखर्कका किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमवार हिजाे शल्यक्रिया  (सिजरिन प्रविधि) गरेर सुत्केरी गराइएको छ ।

    images
    images
    images

    नुवाकोटमा पशुचौपायाको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा बबलु ठाकुरले जानकारी दिए । उहाँको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक हप्तासम्म ब्याउन नसकी छटपटाएको भैँसीको त्यही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर गरिएको शल्यक्रिया सफल भएको हो ।

    images
    images
    images

    'सुत्केरी हुन समय पुगेको भैँसी ब्यथा लागेको एक हप्तासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रुपमा रहेको शल्यक्रियामार्फत् पेट चिरेर पाडो निकालियो ।' पशु सेवा विज्ञ केन्द्रका डा ठाकुरले भने, 'पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ । घाँसपानी खान थालेको छ ।'

    images
    images
    images

    केन्द्र प्रमुख भरत पाण्डेले जिल्लामा पशुचौपाया ब्याउन नसक्दा पाठेघरमा हात हालेर निकाल्ने गरेको भए पनि शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक र सफलसमेत भएकाले उत्साह जगाएको बताए । यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाया गुमाउनुपरेको थियो । अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत् किसानको विश्वास जित्न मनोबल उच्च भएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।