Logo

२०८३, कार्तिक २७गते


images
images

विरौटामा सुन्तला महोत्सव, पोखराकै सुन्तला विक्री

विरौटामा सुन्तला महोत्सव, पोखराकै सुन्तला विक्री

images
  • सेतोमसी सहकर्मी
  • विरौटामा सुन्तला महोत्सव, पोखराकै सुन्तला विक्री
    images

    राजेश  पराजुली, पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सुन्तला महोत्सव जारी छ । पोखरा महानगरपालिका र किसान बजार व्यवस्थापन समिति बिरौटाको आयोजनामा पुस १० गतेबाट शुरु भएको सुन्तला महोत्सव पुस १३ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

     

    images
    images
    images

    महोत्सवमा पोखरा महानगरपालिकाका वडा नम्बर २१ को दोपहरे, फलेपाटन, हरोबोट र पोखरा-२२ को खाल्से लगायतका क्षेत्रका किसानले उत्पादन गरेको सुन्तला बिक्रीमा राखिएको छ ।

    images
    images

     

    किसानले उत्पादन गरेको सुन्तलाले उचित मूल्य पाउन भन्ने उद्देश्यले उपभोक्तासँग सोझै सम्पर्क स्थापित गर्न महोत्सवको आयोजना गरिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

     

    महोत्सवमा सुन्तला खेती कसरी गर्ने, नयाँ बिरुवा रोप्दा एउटा बोट अर्को बोटको दुरी कति राख्ने, रोगको पहिचान, उपचार, खाद्यतत्वको व्यवस्थापन लगायतका विषयमा किसानलाई जानकारी उनको भनाई छ ।

     

    पोखरामा पछिल्लो समयमा दुई सय हेक्टरमा सुन्तला हुँदै आएको छ । यस वर्ष सुन्तला उत्पादन राम्रो भएकोले सात करोड बराबरको उत्पादन भएको आंकलन गरेको उनले सुनाए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।