Logo

२०८३, श्रावण २७गते


images
images

आजको राशिफल

जेठ १६ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

जेठ १६ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 

images
  • सेतोमसी सहकर्मी
  • जेठ १६ गते आइतबार, श्री सूर्यदेवको दर्शन गरी आजको राशिफल हेर्नुहोस 
    images
    images

    ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ १६ गते आइतबार । तदनुसार ३० मे २०२१ । श्री सूर्यदेवको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।

    images
    images
    images

    आजको पञ्चाङ्ग:

    images
    images
    images

    वि.सं. जेठ १६, २०७८ । ई.सं. 30 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलागा । उत्तरायण । ग्रीष्म । आइतवार । ज्येष्ठ कृष्णपक्ष । तिथि - चतुर्थी , ८:४७ बजे उप्रान्त पञ्चमी । नक्षत्र - उत्तराषाढा , २१:४२ बजे उप्रान्त श्रवण । योग - शुक्ल , १३:२३ बजे उप्रान्त ब्रह्म । करण - वालव ८:४७ बजेदेखि कौलव , २०:०० बजे उप्रान्त वणिज । चन्द्रराशि - मकर । आनन्दादि योग - अमृत । दिनमान ३४।१५ । सूर्योदय ५:११ । सूर्यास्त १८:५३ ।

    images
    images
    images

    आजको राशिफल :

    मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) 
    आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ । इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।

    वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)  
    सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन ।

    मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)  
    मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । 

    कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
    आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । 

    सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
    आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् । 

    कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)  
    मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिने छ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।

    तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
    आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समयछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।

    वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)  
    आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्र्रसन्न रहने छ । प्रेममा सफल हुने योगछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।

    धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
    घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । मनमा असन्तोष बढनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यक रुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न बढने छ ।

    मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) 
    सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।

    कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
    शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढनेछ । 

    मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)  
    व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।

    नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
    सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आजको राशिफल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।