Logo

२०८३, कार्तिक २७गते


images
images

सर्वसाधारणलाई ज्यादती गरेको भन्दै देवदहको स्वाभिमान लघुबित्तमा तोडफोड

सर्वसाधारणलाई ज्यादती गरेको भन्दै देवदहको स्वाभिमान लघुबित्तमा तोडफोड

images
  • सर्वसाधारणलाई ज्यादती गरेको भन्दै देवदहको स्वाभिमान लघुबित्तमा तोडफोड
    images

    देवदह । रुपन्देहीको देवदह स्थित शितलनगरमा रहेको स्वाभिमान लघुबित्त वित्तीय संस्थाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन् ।

    images
    images
    images

    स्थानीयले कार्यालयमा रहेको कम्प्युटर, प्रीन्टर लगायतका सामाग्री तोडफोड गरेका हुन् ।वित्तीय संस्थाले गाउँटोलमा महिला दिदिबहिनीहरुलाई मानसिक दबाब दिने, डर त्रास देखाउने, सर्वसाधारणको जिन्सी सामान कुखुरा, बाख्रा, सवारी लाइसेन्स, मोबाइल आदि खोस्ने जनविरोधी कार्यहरु गरिरहेको र यस्ता खालका गतिविधि बन्द गर्न आग्रह गर्दा समेत अटेर गरेपछि आक्रोशित बनेका सर्वसाधारण तोडफोडमा उत्रिएका हुन्।

    images
    images
    images

    नेपाल कम्युनिस्ट पार्टी बहुमतको समर्थन 
    यसै विच उक्त लघुबित्त वित्तीय सहकारीमा भएको तोडफोडको घटनालाई सर्वसाधारणले गरेको कारबाही भन्दै समर्थन गरेको छ।

    images
    images

    नेकपा बहुमत जिल्ला समिति रुपन्देहीले एक प्रेस बक्तब्य जारी गर्दै नेकपा बहुमत जनतन्त्रको पक्षमा निरन्तर संघर्षरत रहेको बताएको छ।लघुवित्त संस्थाहरुले जनतामाथि गरेको ज्यादती विरुद्द निरन्तर आवाज बुलन्द गराउदै आएको प्रेस बक्तब्यमा उल्लेख गरिएको छ।

    नेकपा बहुमत रुपन्देहीले सर्वसाधारणले स्वाभिमान लघुवित्तमा गरेको कारबाहीको समर्थन गर्दै जनताका मागहरू पूरा गर्न र जनतामाथि अनावश्यक ज्यादती नगर्न वित्तीय संस्थाहरुलाई चेतावनी समेत दिएको छ।साथै वित्तीय संस्थाहरुले जनविरोधी हर्कतहरु नरोके थप संघर्षका कार्यक्रम गर्ने समेत नेकपा बहुमत रुपन्देहीका संयोजक विजयद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा उल्लेख छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुपन्देहीको देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।