कृष्ण अन्जान, गुल्मी। अभिभावकले खचाखच भरिएकाे छ विहिवार रुरुक्षेत्र गाउँ पालिका वडा न २ ग्वादी देउरालीमा रहेकाे ग्वादी माध्यमिक विध्यालयकाे सभाहल ।
यहि हलभित्र शिक्षक ,व्यवस्थापन समितिका पदाधिकारी र शिक्षक समेत छन ।
यत्तिकैमा सन्चारकर्मिसँगै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली याे हलमा प्रवेश गर्छन ।
विद्यालय लागि फरक खालकाे अनुभुति हुने गरि आयाेजना गरिएकाे शैक्षिक अन्तरकृयामा प्रमुख अतिथि बनेका गाउँपालिकाका अध्यक्ष ज्ञवालीले सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्केकाेमा चिन्ता व्यक्त गर्छन ।
ग्वादी माध्यमिक विद्यालयले विहिवार अभिभावकहरु बाेलाएर अर्धवार्षिक परिक्षाकाे नतिजा सुनायाे ।
नतिजा अनुसार नर्सरी कक्षामा १६ जना विद्यार्थीमा ७ जना पास भएका छन र ९ जना फेल छन ।
एल केजिमा ६ जना विद्यार्थीमा ५ जना पास छन १ जना फेल भएका छ। यु केजि मा ५ जनामा सबै उत्तीर्ण छन। कक्षा १ मा ११ जनामा १० जना पास छ। कक्षा २ मा १६ जनामा ९ जना पास छन र ७ जना फेल छन। कक्षा ३ मा १८ जनामा १० जना पास र ८ जना फेल छन। कक्षा ४ मा २१ जनामा ७ जना पास छन र १४ जना फेल छन र कक्षा ५ मा १७ जनामा ७ जना पास छन र १० जना फेल छन ।
वस्तवमा याे नतिजाले सिकाई उपलब्धि सन्ताेष जनक नभएको देखिन्छ ।
मुख्य रुपमा ग्वादी माध्यमिक विद्यालयले विध्यार्थीकाे वास्तविक अवस्थाका बारेमा अभिभावकलाई जानकारी दिन अभिभावकका नजरमा शिक्षक कस्ता, बालबालिकाकाे नजरमा शिक्षक कस्ता, शिक्षण सिकाईलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र अभिभावक र शिक्षक बिच के समन्वय गर्दा शैक्षिक अवस्था सुधार आउन सक्छ भन्ने कुरालाई ध्यानमा राखि यसरी अन्तरकृया कार्यक्रमकाे आयाेजना गरिएकाे विद्यालयका प्रधानध्यापक चुरामणी बरालले बताए ।
हुनपनि अभिभावकहरुले याे अन्तरकृया कार्यक्रममा खुलेर बहस गरे ।
स्थानीय दिल वहादुर घर्तिले विद्यार्थीहरुलाई विद्यालयकै भरमा छाड्न अभिभावक बाध्य भएकाे बताए । केही अभिभावकले शिक्षक र अभिभावक बिच समन्वय नभएको बताए ।
यहि कुरामा रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले जाेड दिए । उनले भने, "बच्चालाई राम्रो बनाउन शिक्षक र अभिभावककाे समन्वयकाे खाँचाे छ। "
बढ्दाे बसाईसराईले विद्यार्थीको सँख्या घट्नु प्रमुख समस्या भएकाे र गुणस्तरीय शिक्षाकै अभावमा गाउँबाट शहर बसाईसराई बढेको बताउँदै अध्यक्ष ज्ञवालीले शैक्षिक गुणस्तर राम्रो बनाउँदै ओैसत नतिजा ७० प्रतिशतभन्दा माथि ल्याउन शिक्षकहरुलाई निर्देशन दिए ।
सम्पत्ति जति भए पनि मन खुसी भएन भने कुनै अर्थ नहुने बताउँदै गाउँपालिका अध्यक्ष ज्ञवालीले सबैभन्दा ठुलाे धन सम्पत्ति सन्ततिलाई दिने शिक्षा भएकाे बिचार प्रस्तुत गरे ।
कार्यक्रममा गाउँपालिकाले पटक पटक पाठ्यक्रम परिवर्तन गरेका कुरा पनि उठे र ती विषय छलफल गरेर टुँग्याउने अध्यक्ष ज्ञवालीले प्रतिबद्धता व्यक्त गरे ।
पछिल्लो पटक शैक्षिक क्षेत्रमा अस्वस्थ्य प्रतिष्पर्धा समेत भएकाे र यहाँ सम्मकि ग्वादी माद्यामिक विध्यालयमा कक्षा ६ मा अनुतिर्ण विध्यार्थी हरुलाई अर्काे विध्यालयले बिना प्रमाण साेझै कक्षा सातमा भर्ना गरेका तथ्यहरु पनि अन्तरकृयामा उठाईए ।
समग्र रुपमा शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्नु पर्ने निष्कर्ष याे अन्तरकृयाले निकालेको मात्रै छैन स्थानीय सरकारका प्रमुख नै सहभागी हुँदै अभिभावक, शिक्षक, वडा अध्यक्ष व्यवस्थापन समितिका पदाधिकारी सम्मिलित यस प्रकारको अन्तरकृयाले विध्यालयकाे शैक्षिक स्तर सुधार्न महत्त्वपूर्ण भुमिका खेल्नेमा दुई मत छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology