Logo

२०८३, कार्तिक २७गते


images
images

रुरु फ्रेण्ड्स क्लबकाे अध्यक्षमा शाेभित

रुरु फ्रेण्ड्स क्लबकाे अध्यक्षमा शाेभित

images
  • रुरु फ्रेण्ड्स क्लबकाे अध्यक्षमा शाेभित
    images

    कृष्ण अन्जान ,रिडीबजार । गुल्मी जिल्लाकै जेठाे सामाजिक सँस्था रुरु फ्रेण्ड्स क्लवले आफ्नो छैठौं अधिवेशन सम्पन्न गरेकाे छ ।
    अधिवेशनले शाेभित थापाकाे अध्यक्षतामा १५ सदस्यीय कार्य समिति सर्व सम्मत रुपमा निर्वाचित गरेकाे छ ।

    images
    images
    images


    कार्यसमितिकाे उपाध्यक्ष द्दयमा विक्रम पाेख्रेल र राजेन्द्र जबरा रहेका छन भने सचिवमा प्रेम भण्डारी काेषाध्यक्षमा चाम बहादुर गाहा सहसचिव द्दयमा कमला भण्डारी र रामु शर्मा सर्वसम्मत भएका छन ।
    कार्यसमितिकाे सदस्यमा विवेक थापा ,नरेन्द्र रेश्मि ,बिक्रम रायमाझी ,बिष्नू नेपाल ,दिपक कँडेल ,ज्याती कार्की र लक्ष्मी ज्ञवाली   चयन भएका छन ।
    यस अघि भएकाे अधिवेसनकाे खुल्ला सत्रमा बाेल्दै रुरुक्षेत्र गाउँपालिका वडा न १ का वडाध्यक्ष नवराज विकले वडा भित्रका सँघ सँस्थाले वडा कार्यालयकाे समन्वयमा काम गर्नु पर्ने धारणा राखे ।

    images
    images
    images


    समाज सेवा र खेलकुदलाई प्राथमिकतामा राखेर याे क्षेत्रमा काम गरिरहेकाे रुरुफ्रेण्ड्स क्लवलाई हरेक पक्षबाट सहयाेग गर्न वडा सधै सकारात्मक रहने प्रतिबद्धता वडाध्यक्ष विकले व्यक्त गरे ।
    उदघाटन् कार्यक्रममा अग्रज हरु आराेग्यमान बजिमय , तुल्सी श्रेष्ठ ,हिमाल श्रेष्ठ , गुरु प्रसाद ज्ञवाली लगाएतले आफ्नो धारणा राखेका थिए ।
    उदघाटन सत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि हरुले शुभकामना दिएका थिए ।
    क्लबका अध्यक्ष रामलाल विककाे अध्यक्षतामा भएकाे कार्यक्रममा क्लबकाे बर्तमान कार्यकालकाे उपलब्धि ,सचिव राजेन्द्र जबराले क्लबकाे कार्य प्रगति प्रतिवेदन र काेषाध्यक्ष चाम बहादुर गाहाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    images
    images


    बिक्रम सम्वत २०३० सालमा स्थापना भएकाे रुरु फ्रेण्ड्स क्लबले आफ्नो स्थापनाकाे स्वर्णिम उनन्चास वर्ष पूरा गरिरहँदा गुल्मीकै उत्कृष्ट क्लबकाे रुपमा स्थापित छ ।
    साधन श्राेत र गतिशीलता मा अव्वल रहेकाे यस क्लबले एम्बुलेन्स सन्चालन गरेकाे छ भने रिडीकाे माघे सक्रान्ति मेलाकाे व्यवस्थापन र महाेत्सव गर्दै आईरहेकाे छ ।
    क्लबले स्थानीय सँघ सँस्थाकाे सहकार्यमा रुरु खेल मैदानकाे स्तराेन्नति गर्नुका साथै खेलकुदलाई प्राथमिकतामा राखेकाे छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रुरु फ्रेण्ड्स क्लब
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।