कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवाली ठ्याक्कै दस बजे रुरुक्षेत्र गाउँ पालिका वडा न २ ग्वादीकाे देउरालीमा पुगिसकेका छन ।
समयकाे अत्यन्तै ख्याल राख्ने अध्यक्ष ज्ञवाली समयकाे महत्त्व बुझ्ने युवा व्यक्तित्व हुन ।
त्यसाे त ग्वादीकाे देउरालीमा दस बज्दै गर्द गाउँका भद्र भलाद्मि सँगै जन प्रतिनिधि जुटिसकेका छन ।
याे क्षेत्रका लागि विहिवारकाे दिन गौरवको दिन भन्दा फरक पर्दैन ।
स्थानीय ग्वादी माध्यमिक विध्यालय नजिकैकाे ग्राउन्डमा राखिएका कुर्चि हरु डमक्कै भरिन्छन ,अतिथि दिर्घामा पनि अतिथि आईसकेका छन र रुरुक्षेत्र गाउँ पालिका वडा न २ का वडा सदस्य थर्क बहादुर कुँवरले कार्यक्रमकाे दैलाे उघार्छन ।
लामै समयकै प्रतीक्षा पछि तिनै थर्क बहादुर कुँवरकाे पहलमा विहीवार ग्वादीमा कुमारी बैँकले शाखा रहित बैँकिँग शुभारम्भ गरेकाे छ र त्यसको विधिवत उदघाटन गरेका छन रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले ।
बैँककाे शाखा सन्चालन शुरुवात हुँदै गर्दा ग्वादी गाउँका वासिन्दाहरु खाता खाेल्नेहरुकाे ठुलै ताँती देउराली क्षेत्रमा जम्मा भैसकेका देखिन्छन् ।
कुमारी बैँककाे रिडी शाखाबाट सँयाेजन गरि खाेलिएकाे शाखा रहित बैंकिङग सेवाले ग्वादी क्षेत्रका आम वासिन्दाका लागि सजिलाे भएकाे र लामाे दुरी तय गरि बैँकिङ्मग सेवा लिन रिडी र बलेटक्सार पुग्नु पर्ने अवस्थाकाे अन्त्य गरेकाेमा यदु ज्ञवालीले खुशि व्यक्त गरे ।
उनले भने जनताले सुविधा पाउनु पर्छ मेराे मान्यता हाे ।
फरक प्रसँगमा उनले भने गाउँका हरेक समस्या समाधानमा सबैको सुझाव सल्लाह काे खाँचाे छ र राजनीति भन्दा माथि उठ्दै राजनीतिक अन्तरविराेधलाई थाति राखेर सामुदायिक र गाउँको विकासमा जुट्ने प्रतिबद्धता गर्नु पर्ने विचार उनले राखे ।
शाखा रहित बैँङकिँग सेवाकाे बारेमा जानकारी दिँदै कुमारी बैँक रिडी शाखाका व्यवस्थापक भिष्म ज्ञवालीले याे सेवाले खाता सन्चालन ,रकम स्थान्तरण ,बिजुलीका विल भुक्तानी ,विप्रेषणकाे रकम भुक्तानी मा सहयाेग पुग्ने बताउँदै गाउँपालिकाका विकास आयाेजनाका खाता र सामाजिक सुरक्षा भत्ता समेत यसै सेवा बाट गर्न सकिने बताए ।
कुमारी बेँँककाे रिडी शाखाले आफ्नो कार्यक्षेत्र भित्रकाे सातौँ शाखा रहित बैँकिङ्ग सेवाकाे रुपमा ग्वादीमा सेवा प्रदान गरेकाे हाे ।
यसअघि सत्यवतिकाे लिम्घा ,लुम्पेक ,च्यामी ,छत्रकाेटकाे अँगाहा ,रैनादेवि गाउँपालिका पाल्पाको सर्देवा र कालिगण्डकी गाउँपालिका वडा न १ स्याङ्जा हटियामा याे सेवा सन्चालन गरि सकेकाे छ।
कुमारी बैँककाे रिडी शाखाले हालसम्म ८५ कराेड निक्षेप सँकलन गरि २५ कराेड कर्जा लगानी गरेकाे शाखा प्रवन्धक भिष्म ज्ञवालीले जानकारी दिए ।
२०६५ सालमा काष्ठमण्डप डेभलपमेन्ट बैँककाे रुपमा शाखा स्थापना भएकाे याे बैँक मर्जर पछि कुमारी बैँक बनेकाे र केही महिनामै एनसीसी बैंक सँग मर्जरकाे तयारीमा रहेकाे प्रवन्धक ज्ञवालीले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology