Logo

२०८३, श्रावण २७गते


images
images

छत्रकोट आजदेखि 'सुन्तला महोत्सव'

छत्रकोट आजदेखि 'सुन्तला महोत्सव'

images
  • सेतोमसी सहकर्मी
  • छत्रकोट आजदेखि 'सुन्तला महोत्सव'
    images
    images

    गुल्मी । गुल्मीको छत्रकोटमा आजदेखि ‘छत्रकोट सुन्तला महोत्सव’ हुदैछ  । अनमोल कृषक समुहको आयोजनामा आजबाट सुन्तला महोत्सब गर्न लागिएको हो ।

    images
    images
    images

    महोत्सवको लागि सुन्तलाको प्रर्दशनी, बगैचा अवलोकन र स्थानीय पञ्चेबाजा र लाखे नाच प्रस्तुत रहने  कृषक विष्णुप्रसाद पन्थकाे भनाई छ ।

    images
    images
    images

    अनमोल कृषक समुहका अध्यक्ष समेत रहेका पन्थले गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा सुन्तला उत्पादन बढि हुने बताए  । गत बर्ष पालिकाबाट २ हजार ३०२ क्विन्टल अर्थात एक करोड ३५ लाख ७९ हजारको सुन्तला बिक्री भएको पन्थले जानकारी दिए  । वडा नं ३ मा सबैभन्दा बढि सुन्तला उत्पादन हुन्छ । पन्थका अनुसार वडा नं ३ मा मात्रै अहिले एक करोड २७ लाख ७५ हजारको सुन्तला बिक्रीको लागि ठेक्का भइसकेको छ ।

    images
    images
    images

    गाउँपालिकाभरबाट एक करोड ६१ लख ६५ हजारको सुन्तला अहिले बिक्री गरिने पन्थले बताए । पालिकाका चार वडामा १५ हजार ६ सय ६३ बोट फल्ने र हुर्कदै गरेका १६ हजार ५ सय ५८ सुन्तलाका बिरुवा रहेका छन् । कागती ४ हजार ७ सय २३ फल्ने र हुर्कदै गरेका १२ हजार ६ सय बिरुवा रहेका छन् । छत्रकोटमा २० हजारदेखि आठ लाखसम्मका सुन्तला बिक्री गर्ने कृषक रहेका छन् । बिष्णु प्रसाद पन्थले दुई लाख र डिल्लीराज पन्थले ८ लाखका सुन्तला बार्षिक रुपमा बिक्री गर्दै आएका छन ।

    सुन्तला कृषकलाई उत्पादनमा थप उत्साहित बनाउँदै आन्तरिक पर्यटनमा समेत टेवा पुराउने उदेश्य सुन्तला महोत्सवको आयोजना गरिएको गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।