ज्यो. पं युवराज अधिकारी । आज मिति २०७८ जेठ १५ गते शनिबार । तदनुसार २९ मे २०२१ । श्री शनिदेवको दर्शन गरी आजको पञ्चाङ्ग र राशिफल हेर्नुहोस ।
आजको पञ्चाङ्ग:
वि.सं. जेठ १५, २०७८ । ई.सं. 29 May, 2021 । शक संवत् १९४३ । नेपाल संवत् ११४१ बछलागा । उत्तरायण । ग्रीष्म । शनिवार । ज्येष्ठ कृष्णपक्ष । तिथि - तृतीया , १०:३६ बजे उप्रान्त चतुर्थी । नक्षत्र - पूर्वाषाढा , २२:३४ बजे उप्रान्त उत्तराषाढा । योग - शुभ , १५:५१ बजे उप्रान्त शुक्ल । करण - भद्रा १०:३६ बजेदेखि वव , २१:३९ बजे उप्रान्त तैतिल । चन्द्रराशि - धनु । आनन्दादि योग - मातंग । दिनमान ३४ घडी १३ पला । सूर्योदय ५:११ । सूर्यास्त १८:५२ । गणतन्त्र दिवस ।
आजको राशिफल :
मेष - ARIES (चु, चे, चो, ला, ली, लु, ले, लो, अ)
आज नयाँ कामको थालनि हुने योग छ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछ । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । सरकारी काममा सफलता मिल्नेछ । सन्तान तथा परिवारबाट सहयोग प्राप्त हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ ।
वृष - TAURUS (ई, उ, ए, ओ, वा, वी, वु, वे, वो)
मनमा चिन्ता बढ्ने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ । स्वास्थ्य खराव हुन सक्नेछ । चोट पटकको संभावना रहेकोछ । मानसिक समस्याले सताउनेछ ।
मिथुन - GEMINI (का, की, कु, घ, ङ, छ, के, को, हा)
मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुनेछ । परिवारबाट सहयोग मिल्ने छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ । आजको दिन प्रेमील व्यतित हुनेछ ।
कर्कट - CANCER (ही, हु, हे, हो, डा, डी, डु, डे, डो)
मनले चिताएको काम पुरा हुनेछ । प्रेममा सफल हुने दिन छ । प्रेम जीवनबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । आकस्मिक धनप्राप्तिको योग छ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहनेछन् । आज चोट पटकको संभावना रहेको छ यात्रामा सजग रहनु होला ।
सिंह - LEO (मा, मी, मु, मे, मो, टा, टी, टु, टे)
मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानी हुने छैन । मिहनेतका साथ गरेको काम सफल हुनेछैन । यात्रा अर्थपूर्ण नहोला । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन । भगवान सूर्यदेवको स्मरण गर्नु आवश्यक छ ।
कन्या - VIRGO (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो)
मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ । व्यवसायमा घाटा हुने दिन छ । सञ्चित धनको खर्च हुनेछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । आज नयाँकामको थालनि नगरेको राम्रो काम विग्रनेछ ।
तुला - LIBRA (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आकस्मिक धनलाभ हुने योग छ । प्रेममा सफल हुने योग छ । उपहार प्राप्त हुनेछ । उपहार प्राप्तिले मन प्रसन्न रहने छ । स्वास्थ्य राम्रो रहने छ । अध्ययनको क्षेत्र फलदाइ रहनेछ । आजको दिन सुखद् तथा प्रेमिल रुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
वृश्चिक - SCORPIO (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आज नसोचेको काममा समय र धनको खर्च हुनेछ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । मनमा असन्तोष बढ्ने छ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
धनु - SAGITTARIUS (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे)
सत्कार तथा मान सम्मान प्राप्त हुनेछ । पारिवारीक सुख प्राप्त हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । अन्नलाभ हुनेछ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । आज खरिद बिक्रिबाट फाईदा हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
मकर - CAPRICORN (भो, जा, जी, खी, खु, खे, खो, गा, गी)
खर्चमा वृद्धि हुनेछ । अनावश्यका दुखद् यात्रा हुनेछ । अनावश्यक रुपमा धन खर्च हुनेछ । शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउनेछ । आफन्तहरुबाट असहयोग प्राप्त हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा चाहे अनुसार सफलता मिल्ने छैन ।
कुम्भ - AQUARIUS (गू, गे, गो, सा, सी, सु, से, सो, दा)
कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यवसायबाट फाइदा हुने दिन छ । आफन्तबाट प्रसस्त मात्रमा सहयोग प्राप्त हुनेछ । व्यवसायि वर्गलाई आजको दिन सुखद् रहनेछ । मित्रहरुसंग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मीन - PISCES (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । इष्ट सिद्धि तथा कर्मको फल प्राप्त हुनेछ । सरकारी काम कारोबार सफल रहनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ ।विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
नोट : ज्योतिष परामर्शको लागि कालिकादेवी ज्योतिष परामर्श तथा अनुसन्धान केन्द्रमा सम्पर्क गर्नुहोस् ।
सम्पर्क :- ९८४३२०८४८२ / ९८६७३८८३०२ (प्रत्यक्ष परामर्शको लागि बिहान ६ बजे बाट ११ बजे सम्म । साथै अनलाइन तथा फोनबाट पनि स:शुल्क सेवा उपलब्ध रहेको छ ।)
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology