कृष्ण अन्जान, बुटवल । राम्रो बन्न कसलाई मन नहाेला र ? सुन्दरता याे युगकाे सबैभन्दा महत्त्वपूर्ण कुरा हाे भन्दा फरक पर्दैन । याे युगमा सुन्दर बन्न खाेज्नेहरु पनि उत्तिछन र सुन्दर बनाउन खटिएका पनि उत्ति छन । पछिल्लो चरणमा सौन्दर्य कला र यस सँग जाेडिएकाे व्यवसाय सम्मानित बन्दै गईरहेकाे छ । सँगै सौन्दर्यकला व्यवसायलाई सम्मानित र मर्यादित बनाउन यतिबेला सौन्दर्यकर्मीहरु मरिमेटेर लागि परेका छन ।
शनिवार बुटवलमा सौन्दर्यकला व्यवसायी संघ नेपाल रुपन्देहीको १५ ओैँ साधारण सभा तथा ५ओैँ अधिवेशनमा याे पेशा सँगका सराेकारवालाहरुले सौन्दर्य कला व्यवसाय सम्मानकाे व्यवसाय भएकाे र सम्मानित पेशाकाे रुपमा हेरिनु पर्ने कुरामा जाेड दिए ।
सौन्दर्यकला ब्यवसायलाई सम्मानको पेशाका रुपमा हेर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । अन्य क्षेत्रभन्दा सौन्दर्यकला ब्यवसाय सम्मानको पेशा तथा ब्यवसाय भएकाले यसलाई सम्मानको पेशाका रुपमा हेर्न सौन्दर्यकला ब्यवसायीहरुले जोड दिएका हुन् ।
सौन्दर्य कला त्यसैपनि सम्मानित व्यवसाय हा। यसलाई अझै व्यवसायीक र मर्यादित र बनाउन पाठ्यक्रममा समावेश गर्न व्यवासयीले खेलेकाे भुमिका सह्राहनिय भएकाे सौन्दर्यकला व्यवसायी सँघ नेपालीकि केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले बताईन । उनले सौन्दर्यकला व्यवसायीकाे हकहित र पेशागत मर्यादाका लागि सँघ हरबखत लागि परेकाे धारणा राखिन ।
केन्द्रीय अध्यक्ष श्रेष्ठले कुनै पनि व्यवसाय र व्यवसायी सफल हुनका लागि फरक सकारात्मक उर्जावान क्षमताको विकास हुन आवश्यक रहेको उनकाे भनाई थियाे ।
बुटवल उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष दिनेश श्रेष्ठले अहिलेकाे आवस्यकता ब्यवसायिक सहकार्य भएकाले उधाेग वाणिज्य सँघ सधैभरि सौन्दर्यकला ब्यवसायीको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
सौन्दर्यकला व्यवसायी सँघ नेपाल रुपन्देहीका अध्यक्ष रेणु श्रेष्टकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कार्यक्रम संयोजक अनु श्रेष्ठको स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा नेपाल ब्युटिसियन संघका केन्द्रीय उपाध्यक्ष शान्ता शर्मा, सौन्दर्यकला ब्यवसायी संघका पश्चिमाञ्चल उपाध्यक्ष मिना प्रधान, केन्द्रीय सदस्य जेनी श्रेष्ठ, राष्ट्रिय सौन्दर्यकर्मी युनियनका लुम्विनी प्रदेश उपाध्यक्ष रन्जु थापा, ब्युटिसियन संघ रुपन्देहीका अध्यक्ष रेनु कर्माचार्य, मिरा शर्मा भु्सालले आफ्ना धारणा राखे ।
संघले साधारणसभा डायरेक्ट्री समेत विमोचन गरेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रबाट सौन्दर्यकला ब्यवसायी संघलाई सहयोग गर्न ब्यक्ति तथा संघ-संस्थालाई सम्मान गरिएको थियो ।
५ ओैँ अधिवेसनले आशु गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन भएको छ । नव निर्वाचित संघको उपाध्यक्ष निरा श्रेष्ठ, सचिवमा दुर्गा काफ्ले र कोषाध्यक्षमा अम्विका लम्साल चयन भएकाे जानकारी निर्वाचन समितिका सँयाेजक दिपक श्रेष्ठले दिएका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology