Logo

२०८३, श्रावण २७गते


images
images

पोखरामा माटो परीक्षण तथा बाली उपचार शिविर        

पोखरामा माटो परीक्षण तथा बाली उपचार शिविर        

images
  • पोखरामा माटो परीक्षण तथा बाली उपचार शिविर        
    images
    images

    राजेश  पराजुली, पोखरा।  पोखरा महानगरपालिका वडा नं. ३२ राजाको चौतारोमा माटो परीक्षण तथा बाली उपचार शिविर संचालन गरिएको छ ।पोखरा महानगरपालिका कृषि महाशाखाद्वारा आयोजित शिविरमा ४० जना कृषक विभिन्न बालीमा लागेका रोग किराको नमूनासहित सहभागी थिए । 

    images
    images
    images

    सो अवसरमा कृषिविज्ञ धनबहादुर रानाले बालीमा लागेका रोग, किरा व्यवस्थापन गर्ने तरिकाका बारेमा कृषकलाई प्रशिक्षण दिएका थिए । कृषि महाशाखाले आवश्यकता अनुसार ढुसी नाशक, किरानाशक निमजन्य विषादी तथा सुक्ष्म खाद्यतत्व निःशुल्क रुपमा उपलब्ध गराइएको थियो ।

    images
    images
    images

    परीक्षणका लागि माटो, मल परीक्षण प्रयोगशालाको समन्वयमा प्रयोगशालासहितको माटो परीक्षण गर्ने बसको प्रयोग भएको थियो । कार्यक्रममा कृषि सञ्जाल, वडा कार्यालय, कृषि सेवा केन्द्र शिशुले समन्वय गरेका थिए । 

    images
    images
    images

    सो अवसरमा वडाध्यक्ष अक्कल बहादुर कार्की, महाशाखा प्रमुख तथा वरिष्ठ कृषि अधिकृत मनहरि कडरिया, कृषि अधिकृत ज्ञानु आचार्य, प्राविधिक विष्णु भट्टराई लगायतले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बाली उपचार शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।