Logo

२०८३, कार्तिक २७गते


images
images

आफू विरुद्ध टीका-टिप्पणी भएपछि एमाले गुल्मीका नेता गौतमले मागे पार्टीको आधिकारिक धारणा 

आफू विरुद्ध टीका-टिप्पणी भएपछि एमाले गुल्मीका नेता गौतमले मागे पार्टीको आधिकारिक धारणा 

images
  • सेतोमसी सहकर्मी
  • आफू विरुद्ध टीका-टिप्पणी भएपछि एमाले गुल्मीका नेता गौतमले मागे पार्टीको आधिकारिक धारणा 
    images

    कृष्ण अन्जान, गुल्मी।  गुल्मी क्षेत्र न १ र १ (२) काे निर्वाचन परिणाम सार्वजनिक भएपछि केही सन्चार माध्यम र सामाजिक सन्जालमा आफू विरुद्ध गरिएका टीका-टिप्पणी प्रति नेकपा एमाले गुल्मीले आधिकारिक धारणा दिनुपर्ने नेकपा एमाले के न्द्रय सल्लाहकार परिषदका सदस्य निलकण्ठ गौतमले पार्टीको आधिकारिक धारणा माग गरेका छन ।

    images
    images
    images

    सँघ र प्रदेशकाे निर्वाचन पछि क्षेत्र न १ काे सँघ र १ (२) काे प्रदेशसभामा नेकपा एमालेले पराजय व्यहाेरेपछि निलकण्ठ गौतम लगायत केही नेताका विरुद्धमा अन्तरघात गरेकाे आशयका समाचार र सामाजिक संजालमा टीकाटिप्पणीहरु सार्वजनिक भएपछि गौतमले वास्तविकता पार्टीले अगाडी ल्याउनुपर्ने बताए । गौतमले भने- 'यतिबेला हामीलाई सार्वजनिक रुपमा अभियुक्त बनाईएकाे छ।  यदि हाम्रो अपराध भए कारवाहि गरिनु पर्याे अन्यथा पार्टीले सफाई पेश गर्नुपर्याे ।' 'पार्टीले खटाएकाे काम गर्दै गर्दा राजनीतिक जीवनमै कलँक लगाउने गरि यस प्रकारका टीका टिप्पणी गर्न मिल्छ कि मिल्दैन ? कि प्रमाण सहित कारवाहि गर्नु पर्याे अन्यथा के कसरी यी कुरा आए यसकाे गहिराे छानवीन हुनुपर्याे' गौतमले भने ।

    images
    images
    images

    गुल्मी जिल्लाका नेता निलकण्ठ गौतम विक्रम सम्वत २०२० साल देखि पुष्पलाल श्रेष्ठको साथ लागेर वामपन्थी आन्दोलनमा कृयाशिल भएका हुन । पार्टीको निर्देशन बमाेजिम २०२६ सालमा तत्कालीन गौतमटाेल गाउँ पन्चायतकाे प्रधानपन्च निर्वाचित भएका उनी २०२८ सालमा प्रधानपन्चबाट राजिनामा दिई पुर्णकालिक कार्यकर्ताकाे रुपमा पार्टीको काममा कृयाशिल भए ।

    images
    images

    २०४८ मा थानपति गाउँ विकास समिति अध्यक्ष, जिल्ला विकास समिति गुल्मीकाे सदस्य हुँदै गौतम २०७४ सालकाे स्थानीय निर्वाचनमा  रुरुक्षेत्र गाउँपालिकाकाे अध्यक्षमा उनी निर्वाचित भएका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एमाले नेता गौतम
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।