कृष्ण अन्जान, गुल्मी । नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले अहिलेकाे निर्वाचन परिणामले मुलुकलाई स्थायित्व र निकाश दिन नसक्ने बताएका छन । निर्वाचन पछि मतदातालाई धन्यवाद दिन रुरुक्षेत्रकाे रिडी आई पुगेका एमाले नेता ज्ञवालीले रुरुक्षेत्र १ रिडी र वडा न २ ग्वादिका पार्टी कार्यकर्ता माझ बाेल्दै सम्पूर्ण राज्य सँयन्त्र प्रयाेग गर्दा पनि गठबन्धनकाे सामान्य बहुमत समेत नआएकाे बताउँदै गठबन्धनले साेँचेकाे उपलब्धि प्राप्त नगरेकाे टिप्पणी गरे ।
शहरि क्षेत्रमा आक्राेस र असन्तुष्टिका मतहरु नयाँ पार्टीमा जाँदा एमालेले क्षति वेहाेर्नु परेकाे उनले बताए ।
पछिल्लो समय पार्टी भित्र बढेकाे विकृति प्रति सचेत रहँदै यदि कसैले पार्टीलाई असहयाेग गरेका अधार र प्रमाण भेटिए निर्ममता पुर्वक समीक्षा गर्न कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीलाई वैचारिक र सँगठनात्मक रुपमा सुदृढ पार्दै जनताका मुद्दामा आन्दोलनलनात्मक रुपमा अघि बढ्न समेत एमाले नेता प्रदिप कुमार ज्ञवालीले कार्यकर्तालाई निर्देशन दिए ।
धन्यवाद ज्ञापन कार्यक्रममा बाेल्दै नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य फर्सुराम पाण्डेले सिरियल किलरकाे रुपमा प्रयाेग भएका केही पार्टी कार्यकर्ताहरुले अन्तरघात गरेर पनि प्रमाण समेत मेटाएकाे हुन सक्ने आशँका गर्दै पार्टीले गहिराे अध्ययन गरि त्यस्ता नेता कार्यकर्तालाई कारवाहि गर्नु पर्ने बताए ।
गुल्मी क्षेत्र न १ ख मा पराजय भाेगेका एमाले नेता पाण्डेले उम्मेदवारका लागि हारजित स्वाभाविक भएपनि पार्टीका लागि हारले ठुलाे महत्त्व राख्ने बताउँदै पार्टीले हार्दा खुशि हुने अन्तरघातिलाई पहिचान गरेर पार्टिबाट बिदा गर्नु पर्नेमा उनकाे जाेड थियाे ।उनले भने अरु पार्टीबाट आउनेलाई स्वागत गरिन्छ भने अन्तरघात गर्नेहरुलाई पार्टीबाट बिदाई गर्नु पर्ने उनकाे भनाई थियाे ।
नेकप एमाले रुरुक्षेत्र गाउँपालिका वडा न १ कमिटीका अध्यक्ष नवराज विककाे अध्यक्षतामा भएकाे कार्यक्रममा वडा न २ का तर्फबाट घनस्याम अर्यालले स्वागत सँगै वडाकाे रिपोर्ट र वडा न १ का पार्टी सचिव चिरन्जिवि ज्ञवालीले वडा न १ काे रिपोर्ट र कार्यक्रम सन्चालन गरेका थिए ।
धन्यवाद ज्ञापन कार्यक्रममा एमाले जिल्ला ,पालिका वडा तहका नेता कार्यकर्ता ,जनवर्गीय सँगठनका पदाधिकारी र सदस्यहरुकाे उपस्थिति रहेकाे थियाे ।
नेकपा एमालेले क्षेत्र न १ का विभिन्न पालिकामा धन्यवाद ज्ञापनकाे कार्यक्रम मँगलबार देखि शुरु गरेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology