Logo

२०८३, कार्तिक २६गते


images
images

“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारा सहित सञ्चालित अभियानको सचेतना र्याली

“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारा सहित सञ्चालित अभियानको सचेतना र्याली

images
  • “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारा सहित सञ्चालित अभियानको सचेतना र्याली
    images

    राजेश  पराजुली, पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लैङ्गिक हिंसा न्यूनीकरणको लागि राष्ट्रव्यापी रुपमा १६ दिने अभियान सञ्चालन गरेको छ ।
    “सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्ने मूल नारा सहित सञ्चालित अभियानमा अन्तर्गत सचेतना ¥याली, अन्तरकृया, कोणसभा गर्दै आएको हो ।

    images
    images
    images

    कास्की जिल्ला महासंघको आयोजना तथा फुर्केटारी सामुदायिक वन उपभोक्ता समूहको व्यवस्थापनमा पोखरा २५ हेमजामा ¥याली तथा कोणसभाको आयोजना गरियो ।

    images
    images
    images

    समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर लाग्नु पर्नेमा सभाका बक्ताहरुले जोड दिएका थिए ।
    सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एवम् जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले लैङ्गिक हिंसा समाजको विकासको वाधक भएको बताउँदै यसको अन्त्यका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए ।

    images
    images

    महासंघका केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख हरिप्रसाद बास्तोला र गण्डकी अध्यक्ष कालिदास सुवेदीले घरघरमा हुने हिंसालाई लुकाउन नहुनेमा जोड दिंदै लैङ्गिक हिंसा रहित समाज निर्माणमा सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

    जिल्ला महासंघ कास्कीका अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सचिव पार्वती अधिकारी सुवेदी, फुर्केटारी सामुदायिक वन समुहका सचिव रमा त्रिपाठी लगायतले लैङ्गिक हिंसा विरुद्धमा संगठित भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    त्यसअघि लैङ्गिक हिंसा तथा सामुदायिक वन अधिकारका बारेमा लेखिएका प्लेकार्ड सहितको ¥यालीले हेमजा बजार परिक्रममा गरि मध्येपहाडी लोकमार्गको मिलनचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।