पोखरा । जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले मानसिक रोगबाट पिडितहरूको राज्यले निशुल्क उपचारको प्रबन्ध गर्नुपर्ने भन्दै त्यसका लागि आफ्नो निकायको तर्फबाट समन्वय गर्ने बताएका छन। पौडेलले प्रकृतिमैत्री विकासको अभावमा बढ्दो बाताबरणिय प्रदुषण, आहार बिहार लगायतका कारण देशमा उल्लेख रूपमा मानसिक रोगीहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै सो रोगको समयमा निदान नहुदा पारिबारिक र सामाजिक जिबन नै प्रभावित भएको बताए ।
बहुसास्कृतिक मनोसामाजिक संस्था नेपालको जिल्ला परियोजना सल्लाहकार समितिको बैठकलाई सोमबार सम्बोधन उनले स्वस्थ नागरिक बिना देश विकास संभब नहुने हुँदा स्वास्थ सेवालाइ आधारभुत आबश्यकताको रूपमा ब्यवस्था गर्दै आफ्ना नीति कार्यक्रम बनाउन सरकारलाई आग्रह गरे ।
कास्कीका सरोकारवाला सरकारी तथा गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू सहभागी बैठकमा पौडेलले मानसिक समस्या एक जटिल समस्याको रूपमा आएको उल्लेख गर्दै कास्कीमा सो समस्याको उपचारका निम्ति सुबिधा सम्पन्न उपचार केन्द्रको स्थापना गर्ने कार्यक्रम समाबेश गर्न स्थानिय तह, प्रदेश र संघीय सरकारलाई आग्रह गरे ।
सो अवसरमा कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले स्वास्थ क्षेत्रमा काम गर्ने सरकारी र गैर सरकारी संस्थाहरूले महामारीको बेला मात्रै उपचारका उपाय खोज्ने प्रथाको अन्त्य हुने गरि काम गर्न आग्रह गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology