Logo

२०८३, आश्विन ९गते


images
images

के हाउ र दुर्गाङसी आईटीएफ सर्किट–१ को विजेता

के हाउ र दुर्गाङसी आईटीएफ सर्किट–१ को विजेता

images
  • के हाउ र दुर्गाङसी आईटीएफ सर्किट–१  को विजेता
    images
    images

    राजेश पराजुली, पोखरा । ताइपेइका के हाउ हङले पोखरामा सम्पन्न आइटीएफ जे–५ टेनिस प्रतियोगिताको सर्किट–१ मा मेन्स ंिसंगल्सतर्फ प्रथम स्थान हाँसिल गरेका छन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइकै चेन हुई हो लाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्दै प्रथम भएका हुन् ।

    images
    images
    images

    महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले प्रथम स्थान हाँसिल गरिन् । फाइनलमा उनले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन् । प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक सर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने । त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हाँसिल गरे ।

    images
    images
    images

    भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसंगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै प्रथम स्थान ओगटन सफल भएका हुन् । विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गले एक समारोहका विच पुरस्कृत गरे ।

    images
    images
    images

    पुरस्कार वितरण समारोहमा बोल्दै समापन समारोहका विशेष अतिथि खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ्गले टेनिस खेलले गण्डकी प्रदेशकै खेलकुदको सान उँचो पारेको बताए । यहाँ आयोजना हुने अन्र्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुले खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पु¥याएको उनले बताए ।

    संघ कास्कीका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोह उपाध्यक्ष नविन चालिसेले सञ्चालन गरेका थिए । एक सातादेखि सञ्चालित प्रतियोगितामा विभिन्न ९ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आईटीएफ सर्किट–१
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।