काठमाडौं, १८ मंसिर । नेपाल सुनचाँदी व्यवसाय महासघंले आइतबार सुनको मूल्य ताेला ४०० रुपैयाँले बढेकाे जनाएकाे छ ।
जसअनुसार सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेकाे छ । गत शुक्रबार सुनको मुल्य प्रतितोला ९९ हजार १०० रुपैयाँ थियाे ।
यसैगरी, आइतबार २५ रुपैैयाँले बढेको चाँदीकाे मूल्य एक हजार ३७० रुपैयाँमा कारोवार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology